लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सन्जिवनी कपः फर्साटिकर फाइनलमा प्रवेश

tillotmacitynews - 2024 Feb 08 06:36 PM
IMG

तिलोत्तमा सिटी २०८० माघ २५ गते । तिलोत्तमा-१४ , बाग्धुरा, देवीनगरमा सन्जिवनी क्लवको आयोजनामा स्व. डिम बहादुर गुरुङ स्मृती छैठौं सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ । जसअन्तर्गत आजको सेमिफाइनल खेल समपुर्ण युवा क्लव, सुपौली र फर्साटिकर युवा क्लव,फर्साटिकर  बिच भएको थियो । त्यस खेलमा पुरा समयमा दुवै टिमबाट ३,३ गोल भएकाले खेल पेनाल्टि सुटआउटमा गएको थियो जसमा फर्साटिकरले समपुर्णलाइ २ को विरुद्ध ४ गोल गरी जित हासिल पार्न सफल भएको हो भने खेलको म्यान अफ द म्याच फर्साटिकरका  आशिस राना हुन सफल भए । भोली कुनै पनि खेल नहुने भएकाले फ्रेन्डलि म्याच अन्तर्गत विवाहित र अविवाहित बिच हुनेछ भने फाइनल खेल अन्तरगत झरना स्पोस्ट क्लव र फर्साटिकर युवा क्लव बिच  २७ गते हुनेछ ।


यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको छन्त्यालले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम थापाले बताए ।

कमेन्ट गर्नुहोस्