
तिलोत्तमा सिटी,१८ फागुन २०८०। स्व. खगी गुरुङ्गसेनीको स्मृतिमा फाल्गुन ९ गते देखि २६ गतेसम्म संचालन भैरहेको छैठौं न्यु सृजना कप नकाउट फुटबल प्रतियोगिता २०८० को नबौ दिनको पहिलो क्वाटर फाइनल खेल तिलोत्तमा-११ भर्सेज शुद्धोधन गाउँपालिका फर्साटिकर बिच भएको खेलमा खेलको पहिलो हाफ बराबरी रहेता पनि खेलको दोस्रो हाफको २ मिनेटमा तिलोत्तमा ११ का खेलाडी जर्सी नं. ९ अमित क्षेत्रीले १ गोलले खाता खोल्न सफल भए।खेलको ९ मिनेटमा थप १ गोल शुद्धोधन गाउँपालिका का खेलाडी जर्सी नं. ४ अभिषेक शर्माले आत्मघाती गोल आफ्नै गोलपोष्टमा गर्दा तिलोत्तमा ११ लाई झन १ गोलफाइदा भयो। खेलको १४ मिनेटमा टिम कप्तान जर्सी नं ११ जमिर मियाले १ गोल , खेलको २० मिनेटमा जर्सी नं.१६ एलिस बोहरा १ गोल र खेलको २३ मिनेटमा थप १ गोल एलिस बोहराले गरे पछि शुद्धोधन गाउपालिकालाइ शुन्य गोलको विरुद्ध ५ गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलको लागि आफ्नो स्थान तय गरेको छ ।खेलमा म्यान अफ द म्याच तिलोत्तमा ११ का खेलाडी जर्सी नं.१६ एलिस बोहरा भएका छ्न उक्त खेलाडीलाई ट्रफी तथा नगद सम्मान हस्तान्तरण तिलोत्तमा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण ढकाल ज्युले गर्नु भएको थियो ।
भोलिको क्वाटर फाइनल खेल झरना स्पोर्ट्स क्लब कुन्जलापुर भर्सेज नव टिकुलीगढ युवा क्लब बिच दिउँसो ३ बजे न्यु सृजना खेल मैदान करौजियामा प्रतिस्पर्धा हुने जानकारी गराउदछु। (खेल प्रचारप्रसार संयोजक तथा सल्लाहकार धन बहादुर चौधरी )
कमेन्ट गर्नुहोस्