
तिलोत्तमा सिटी २०८० फागुन २० गते । न्यु सिर्जना युवा कल्बकाे आयाेजनामा जारी छैठाैं न्यु सिर्जना कप नक आउट फुटबल प्रतियाेगिताको आजको खेलमा समपूर्ण युवा क्लब,सुपैली बिजयी भएको छ । खेल समपूर्ण युवा क्लब,सुपैली भर्सेज आयोजक टिम न्यु सृजना युवा क्लब, करौजिया बिच भएको थियो । स्वः खगी गुरुङसेनीको स्मृतिमा सञ्चालन भएको आज को खेलमा समपुर्णले न्यु सृजनालाइ ० गोलको विरुद्ध ३ गोल गर्दै समपुर्ण युवा क्लब सुपैली बिजयी भएको छ । खेलको म्यान अफ द म्याच समपुर्ण युवा क्लबका सिजन क्षेत्रि भए र म्यान अफ द म्याचको पुरस्कार तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले हस्तान्तरण गरेको खेल संयोजक शेर बहादुर गुरुङले बताए ।
प्रतियोगितामा रुपन्देहिका १६ वटा टिमकाे सहभागीता छ । क्याप्टेन नरजंग गुरुङको मुख्य प्रायोजनमा रहेकाे प्रतियाेगिताका विजेता टिमले रु १ लाख १६ हजार नगद राशि सहित शिल्ड , मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता हुने टोलीले नगद रु ६० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने आयाेजकले जनाएकाे छ । विद्यागत उत्कृष्ट खेलाडी लाई समेत नगद राशी सही पुरस्कृत गरिने छ । जारी खेल फागुन २६ गतेसम्म सञ्चालन हुने कल्बका अध्यक्ष सोबित थापा दर्लामीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्