लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साफ यु–१६ महिला च्याम्पियनसिप : नेपालको पहिलो जित

tillotmacitynews - 2024 Mar 04 07:41 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २१ गते । नेपालले साफ यु–१६ महिला च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजनामा जारी प्रतियोगितामा सोमबार नेपालले भुटानलाई ३–० गोलले हरायो ।  सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा भएको एकपक्षीय खेलमा नेपाललाई जिताउन पूजा गिरी, कप्तान भूमिका बुढाथोकी र ज्ञानशु डोल्मा लोले गोल गर्नुभयो । जितसँगै दुई खेलमा तीन अङ्क बनाएको नेपालले फाइनल पुगे सम्भावना कायम राखेको छ ।


लगातार दुई हार खेपेको भुटानको अगाडि बढ्ने सम्भावना सकिएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग २–० गोलले पराजित भएको थियो । भुटान पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो । 

कमेन्ट गर्नुहोस्