लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

थ्रेसरमा च्यापिएर देवदहमा महिलाको मृत्यु

tillotmacitynews - 2024 Mar 05 06:10 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । रुपन्देहीको देवदह नगरपालिका–४, विजयपुरमा थ्रेसर मेसिनमा परेर सोमबार राति एक जनाको मृत्यु भएको छ । देवदह–४, विजयपुरमा रहेको इन्द्रेणी प्लास्टिक उद्योगमा काम गर्ने क्रममा थ्रेसर मेसिनमा परेर एक जनाको मृत्यु भएको देवदह प्रहरी चौकीले जनाएको हो ।  प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीका अनुसार थ्रेसर मेसिनमा परेर तिनाउ गाउँपालिका–३, कोलडाँडा स्थायी घर भएका तर, हाल देवदह नगरपालिका–३, टटेरा बस्दै आएकी ५१ वर्षकी लिलासरा दर्लामीको मृत्यु भएको हो । घाइतेलाई लगत्तै लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइए पनि डाक्टरले मृत घोषणा गरेको र अहिले पोस्टमार्टमको तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए ।


दर्लामी कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ थ्रेसर मेसिनमा परेको र तत्काल उद्धार गरी उपचारका लागि बुटवल पठाइए पनि अस्पतालले मृत्यु घोषणा गरेको कम्पनीका सञ्चालक धकेश्वर भट्टराईले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्