
तिलोत्तमा,२०८० फाल्गुण ३० गते। नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा मंगलबारदेखि जारी ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगितामा झरना स्पोर्ट्स क्लब कुञ्जलापुरले विजयी पक्का गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको दोस्रो दिनको खेलमा झरनाले न्यु सृजना एफसी करौजियालाई २ का बिरुद्ध ३ गोल गर्दै विजयी शुरुवात गरेको हो । आज सम्पन्न रोमाञ्चक खेलमा झरनाको तर्फबाट ३ गोल भएको थियो भने न्यु सृजनाको तर्फबाट २ गोल भएको थियो। निकै रस्साकस्सी संगै जित हासिल गर्न तम्तयार खेलाडीहरुले दर्शकलाई समेत मनोरंजन र उत्साहित बनाए।
खेलमा झरनाका जर्सी नम्बर १३ का खेलाडी असिम नेपाली म्यान अफ द म्याच चुनिए । यो जितसँगै झरना क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत्र १ गते बिहिबारको प्रिक्वाटरफाइनल खेल फर्साटिकर एफ सी र न्यु राइज एफसी बीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।
कमेन्ट गर्नुहोस्