लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मेसीका कारण ज्यान बच्यो

tillotmacitynews - 2024 Apr 21 12:23 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ९ गते । अतिवादी समूह हमासद्वारा गत अक्टोबरमा इजरायलमाथि अप्रत्यासित आक्रमण गरी सयौँ मानिसलाई बन्धक बनाइयो तर ९० वर्षीय अर्जेन्टिनी महिला लियोनेल मेसीका कारणले अपहरणमा पर्नबाट जोगिइन् । हमासका लडाकुले ती महिलालाई नियन्त्रणमा लिएका थिए तर मेसीका कारणले छाडिदिए । ती महिलाले पछि प्रतिक्रिया दिँदा जानकारी दिइन्, “मैले भनेँ मेसी जुन देशका हुन् म पनि त्यही देशको हुँ...।”


मैले उनलाई सोधेँ, “के तिमी फुटबल हेर्छौं ?”


उनले भने, “किन नहेर्नु।”


“मैले मेसीको नाम लिँदा उनी छक्क परेका थिए।”


उनले पनि मेसीलाई मन पराउँदा रहेछन् । “त्यसपछि उनले आफ्नो बन्दुक मलाई समात्न भने र मेरो काँधमा हात राखे । उनले मलाई शान्तिको सङ्केत गर्न भने र फोटो खिचे ।” 

कमेन्ट गर्नुहोस्