लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा गोरु हत्या अभियोगमा दुई पक्राउ

tillotmacitynews - 2024 May 25 06:36 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ १२ गते । पाल्पामा गोरु हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रामपुर नगरपालिका –९ का तारानाथ नेपालीको गोठमा रहेको गोरुलाई कोदालो प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । 


रामपुर नगरपालिका –९ का ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार हत्या गरेको जानकारी पाएसँगै ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 


उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्