लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय

tillotmacitynews - 2024 May 28 07:38 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ १५ गते । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना गर्ने भएको छ ।


अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सो कुराको व्यवस्था गरिएको हो । उहाँले सो अस्पताल काठमाडौँ विश्वविद्यालयमा स्थापना गर्ने जानकारी दिँदै त्यसका लागि आवश्यक बजेटको पनि व्यवस्था गरिएको बताउनुभयो । त्यसैगरी सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि सात अर्ब ५० करोड विनियोजन गरेको छ ।


अर्थमन्त्री पुनले भन्नुभयो, ‘‘काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरलपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु । स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरी स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिनेछ । स्वास्थ्यसँग सम्बन्धित सामाजिक सुरक्षा कार्यक्रम र स्वास्थ्य बिमाबिचको दोहोरोपन हटाइनेछ । स्वास्थ्य बिमा कार्यक्रमको लागि सात अर्ब ५० करोड विनियोजन गरेको छु । विद्यमान जनसङ्ख्या नीति परिमार्जन गरी कार्यान्वयन गरिनेछ ।’’


अर्थमन्त्री पुनले विद्यमान जनसङ्ख्या नीति परिमार्जन गरी कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्