लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टाकुरा साकोसको १३औं साधारणसभा सम्पन्न, ज्येष्ठ शेयर सदस्यलाइ सामाजिक सुरक्षाभत्ता

IMG

तिलोत्तमा,२०८१ असोज १९ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राइभरटोलमा रहेको टाकुरा बचत तथा ॠण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाइ सामाजिक सुरक्षा भत्ता दिने भएको छ । संस्थाको शनिबार सम्पन्न १३ औं साधारणसभाका अवसरमा ८० बर्स उमेर नाघेका शेयर सदयलाइ मासिक रुपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । सो भत्ता प्राप्त गर्न शेयर सदस्यता लिएको कम्तीमा ५ बर्ष पुरा भएको हुनुपर्ने छ।  त्यस्तै संस्थाले सुत्केरी हुने शेयर सदस्यलाइ सुत्केरी कोसेली प्रदान गर्ने पनि निर्णय गरेको छ। साथै संस्थाले आफ्नो कार्यक्षेत्रलाइ रुपन्देही जिल्लभर बिस्तार गर्ने पनि निर्णय गर्नुका साथै संस्थालाइ बहुउद्देश्यीय सहकारी बनाउन पहल गर्ने पनि निर्णय गरेको छ । 


साधारणसभाको अवसरमा सरकारि सेवामा प्रवेश गर्ने शेयर सदस्य अरुण भट्टराई, असल ॠणि सुनिता ज्ञवाली र कुसल कार्यलय व्यवस्थापकका रुपमा कविता कुंवरलाइ सम्मन समेत गरिएको थियो ।साधारणसभाले अध्यक्ष राजेन्द्र कुंवरको बार्षिक नीति तथा कार्यक्रम, कोषाध्यक्ष बिरेन्द्र रानाले प्रस्तुत गर्नु भएको कोषाध्यक्षको प्रतिवेदन, लेखा समिति संयोजक शंकर गौतमले प्रस्तुत गर्नुभएको लेखा सुपरिवेक्षण प्रतिवेदन र बाह्य लेखा परिक्षकको प्रतिवेदन सर्बसम्मत पारित गरेको छ । 


कार्यक्रममा लोक तथा दोहिरि गीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य डिल्लीनारायण पाण्डे, सल्लाहकार तथा होराइजन गौतमबुद्ध माविका प्राचार्य गोपाल प्रसाद आचार्य, निवर्तमान अध्यक्ष रमेश ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य भोजराज पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । २०६८ सालमा स्थापना भएको टाकुरा सहकारीमा ५ सय ७ जना सेयर सदस्यहरु आवद्ध रहेका छन । संस्थाका अध्यक्ष राजेन्द्र कुंवरको अध्यक्षता, जेष्ठ सेयर सदस्य राधादेवि अधिकारीको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्ष खेमराज खनालको स्वागतम सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पशुपति चौधरीले गर्नु भएको थियो । 

कमेन्ट गर्नुहोस्