लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

च्याम्पियन्स लिगमा बार्सिलोना, बार्यन, इन्टर मिलान र एटलान्टा विजयी

IMG

तिलोत्तमा ,कार्तिक २२।युरोपेली च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले क्रेभेना जेभेज्दालाई हराएको छ । बिहान भएको खेलमा बार्सिलोना ५–२ गोलले विजयी भयो । जीतसँगै बार्सिलोनाको ४ खेलमा ९ अङ्क भएको छ ।अर्को खेलमा बार्यन म्युनिखले बेनिफिकालाई र इन्टर मिलानले  आर्सनललाई १–० गोलले पराजित गरेको छ । त्यस्तै एटलान्टाले भीएफबी स्टुटगार्टलाई  २–० ले गोलले हराएको छ ।


अरु खेलमा साख्तर डोनेत्स्कले योङ्ग ब्वाइजलाई २–१ ले गोलले, आरबी साल्जबर्गले फिएनोडलाई ३–१ ले गोलले, एथ्लेटिको मड्रिडले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई २–१ ले र ब्रिस्टले स्पार्टा प्राहालाई २–१ ले पराजित गरेको छ ।हिजोको खेलमा क्लब बरुग्गीले एस्टन भिल्लालाई १–० ले हराएको छ । च्याम्पियन्स लिगमा लिभरपुल ४ खेलमा १२ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै स्पोर्टिङ सीपी दोस्रो र मोनाको तेस्रो स्थानमा छ।   

कमेन्ट गर्नुहोस्