
तिलोत्तमा,मङ्सिर २ गते।पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उहाँको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । उहाँ २०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्