लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइनलमा

IMG

तिलोत्तमा,पौष ३ गते।सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्समाथि ८ विकेटको जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको हो ।जितका लागि १ सय ४० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १८.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो ।सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । सैफ जैबले ३२ रनको योगदान दिए । ब्राण्डन मक्मुलनले २५ रनको योगदान दिए ।कप्तान दीपेन्द्र सिंह ऐरी २० रनमा नट आउट रहे । ओपनर विनोद भण्डारी पनि ५८ रनमा नट आउट रहे।


एलिमिनेटरमा कर्णाली र चितवन तथा क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरबीच भिडन्त

मंसिर १५ गतेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ । एनपिएलअन्तर्गत आज एलिमिनेटर र क्वालिफायरका खेलहरु सञ्चालन हुँदैछन् ।एलिमिनेटर खेल बिहान ९ बजे तेस्रो स्थानको चितवन र चौथो स्थानको कर्णालीबीच हुनेछ । यो खेलको विजेता टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रवेश पाउनेछ । पराजित हुने टोली एनपिएलबाट बाहिरिने छ ।दिउँसो १ बजे पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम र दोस्रोको जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर खेलको विजेता टोलीले स्वतः फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।पहिलो क्वालिफायरको पराजित टोली र इलिमिनेटरको विजेताबीच दोस्रो क्वालिफायर खेल हुनेछ । त्यसको विजेता फाइनल पुग्ने दोस्रो टोली हुनेछ । पहिलो संस्करणको एनपिएलको फाइनल शनिबार दिउँसो १२ बजे सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्