लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाँच हजार मिटर दाैडको उपाधि,पब्लिक माविका उमेशलाई

tillotmacitynews - 2024 Dec 21 09:47 PM
IMG

तिलोत्तमा,पौष ६ गते।कालिका मानवज्ञान माविकाे ६४ ओै बार्षिक उत्सवकाे अवसरमा आयाेजित ५ हजार मिटर दाैड उपाधी पब्लिक माविका उमेश बरइले जितेका छन् ।उनले निर्धारित दुरी १६ मिनेट २७.२ सकेण्डमा ५ हजार मिटर दाैड पूरा गर्दै प्रथम भएका हुन ।यस्तै कालिका मानवज्ञान माविका सलामुद्दिन अन्सारीले १७ मिनेट २६.५६ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै द्वितीय भए ।यस्तै १७ मिनेट ५४.२६ सकेण्डमा निर्धारित दुरी पूरा गर्दे न्यु हाेराईजन माविका आयुष थारु तृतिय भए ।


बिजेता विद्यार्थीलाई नगद सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापा सहितले मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरे । तिलाेत्तमा नयाँमिलबाट सुरु भएकाे दाैड विद्यालय प्रांगणमा आएर समापन भएकाे थियाे । प्रतियोगितामा रुपन्देहीका ३ दर्जन बढि विद्यालयकाे सहभागीता रहेकाे थियाे ।स्व.अरुण पाैडेल स्मृति अक्षयकोषबाट प्रतियोगिता आयाेजना गरिएकाे हाे । प्रतियोगितामा बिजेता विद्यार्थी प्रथमले ५ हजार, द्वितियले ३ हजार र तृतीयले २ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्