लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडा नम्बर १७ र ६ सेमिफाइनलमा

IMG

तिलोत्तमा,पौष १४ गते।वडा नम्बर १७ र ६ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।नवजीवन खेलमैदानमा आइतबार भएको क्वार्टरफाइनलमा वडा नम्बर २ लाई नौ विकेटले पराजित गर्दै वडा नम्बर १७ र वडा नम्बर १६ लाई ११२ रनले पराजित गर्दै वडा नम्बर ६ अन्तिम चारमा प्रवेश गरेका हुन्।दिनको पहिलो खेलमा वडा नम्बर २ ले दिएको १०३ रनको लक्ष्य वडा नम्बर १७ ले ११.३ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो।वडा नम्बर १७ का राजेश यादवले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए।


३७ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। यसागर चौधरी २१ रनमा आउट हुँदा शिव न्यौपाने १० रनमा अविजित रहे। त्यसअघस टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर २ ले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०२ रन बनायो। वडा नम्बर २ का ओपनर आरस अर्यालले सर्वाधिक २८ रन बनाए। २४ बलमा तीन चौका र दुई छक्का प्रहार गरे। रुपेश बस्याल र अभय ढकालले समान ११ रनको योगदान दिए।वडा नम्बर २ का लालबहादुर मलाह र राजेश यादवले समान तीन विकेट लिए। अर्को खेलमा वडा नम्बर ६ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १६ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९२ रन मात्रै बनाउन सक्यो।वडा नम्बर १६ का स्वस्तिक पराजुलीले सर्वाधिक ४६ रन बनाए। ५३ बल खेलेका उनले १० चौका प्रहार गरे।


यस्तै, शम्भु खरेलले १२ रन बनाउँदा अन्य खेलाडी दोहोरो अंकमा रन बटुल्न सकेनन्।वडा नम्बर ६ का विकल अधिकारीले सर्वाधिक तीन विकेट लिए। रञ्जित खड्का र सम्राट थापाले समान दुई विकेट लिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वडा नम्बर ६ ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०४ रन बनाए।वडा नम्बर ६ का विकल क्षेत्रीले अविजित रहँदै सर्वाधिक ६० रन बनाए। २७ बल खेलेका उनले सात चौका र दुई छक्का प्रहार गरे।सम्राट थापा ४७ र थमन सिजाली ३५ रनमा आउट हुँदा अनिश क्षेत्री ३८ रनमा अविजित रहे। वडा नम्बर १६ का लोकबहादुर थापा र पदम भण्डारीले समान एक विकेट लिए।      

कमेन्ट गर्नुहोस्