लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एन्फा महिला लिगमा एपीएफले पुलिसलाई ६ गोलले हरायो

IMG

तिलोत्तमा,पौष २५ गते।एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले पुलिसलाई ६–० गोलले हरायो । पहिलो हाफमा २ गोल गरेको एपीएफले दोस्रो हाफमा ४ गोल थप्यो ।


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणमा एपीएफ, पुलिससहित त्रिभुवन आर्मी क्लब, स्याङ्जाको वालिङ नगरपालिका र बाग्मती युथ क्लब पुगेका छन् ।

कमेन्ट गर्नुहोस्