लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खास कत्रो हुन्छ हाम्रो पेट ? कति खाने ?

IMG

हामीमध्ये कतिपय घन्टा–घन्टामा केही न केही खाइरहेका हुन्छौँ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, हाम्रो पेटमा कति खाना अटाउँछ ? धेरैले आवश्यकताभन्दा बढी खाना पनि खाइरहेका हुन्छन् । तर यसो गर्दा समस्या आउन सक्छ । पेट ढुस्स हुने, फुल्ने वा अप्ठ्यारो भएको महसुस हुन्छ । यसो हुनुको एउटा प्रमुख कारण आवश्यकताभन्दा बढी खानु हो । हाम्रो पेट कत्रो हुन्छ ? हामीले कति खाने ? हाम्रो पेटको आकार कत्रो हुन्छ त ? यहाँ चर्चा गर्नेछौँ :


वयस्कको पेटको आकार

सामान्यतया एक वयस्क व्यक्तिको पेट क्षमता लगभग ३०० देखि ३५० मिलिलिटर (मिलि)को हुन्छ । यसको अर्थ, जब हामी खाना खान्छौँ, लगभग त्यति मात्रामा मात्र खाना पेटमा आरामसँग फिट हुन्छ । बच्चाहरूको पेट क्षमता वयस्कहरूको भन्दा कम हुन्छ । अर्थात् बच्चाहरूको पेटको आकार लगभग १५० देखि २०० मिलिलिटरको बिचको हुन्छ । 


छिट्टै पेट भरिएको संकेत

पेटको एउटा भागलाई फन्डस भनिन्छ । जब हामी खाना खान्छौं, यो भाग अलि खुकुलो हुन्छ, ताकि खाना भित्र जान सकोस् । तर यदि यो भागले राम्रोसँग काम गरेको छैन भने पेट चाँडै भरिन थाल्छ र व्यक्तिले थोरै मात्र खाएको भए पनि चाँडै पेट भरिएको महसुस गर्न थाल्छ । 


प्रत्येक व्यक्तिले कति खाना खानुपर्छ भन्ने कुरा उसलाई चाहिने ऊर्जा, शरीरको संरचना, उमेर र दैनिक गतिविधिले निर्भर गर्छ । जस्तैः खेलाडी वा कडा परिश्रम गर्ने व्यक्तिलाई बढी ऊर्जा चाहिने भएकोले उनीहरूले धेरै खाना खान सक्छन् ।तर कार्यालयमा कुर्सीमा बसेर काम गर्ने व्यक्तिलाई कम क्यालोरी चाहिन्छ, त्यसैले उसको शरीरको माग पनि कम हुन सक्छ । 


त्यसो भए कति खाने ?

हामीले भोक लागेको भन्दा अलि कम खानुपर्छ । यदि तपाईं पूरै भोकाउनुभएको छ भने पनि ८०–९० प्रतिशत मात्रै अघाउने गरी खानुहोस् । यसले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ र शरीरमा कुनै दबाब पर्दैन । तर धेरै पटक खाइयो भने यसले पाचन प्रणालीलाई असर गर्न सक्छ ।यदि पेटको आकार आवश्यकताभन्दा बढी बढ्यो भने बिस्तारै शरीरलाई यसको बानी पर्न थाल्छ र त्यसपछि धेरै खाने इच्छा हुन्छ, जसले मोटोपना र पेटसम्बन्धी रोगहरू निम्त्याउन सक्छ । त्यसैले सोचविचार गरेर खाना खानुपर्छ, बिस्तारै खाना खाने र पेट लगभग भरिन लागेको महसुस हुँदा रोकिनुपर्छ । 


अस्वीकरणः यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नुअघि आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।  

कमेन्ट गर्नुहोस्