लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेनसँगको शान्ति वार्तामा ट्रम्प र पुटिन उपस्थित हुनैपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

IMG

तिलोत्तमा।अमेरिकी विदेशमन्त्री मार्क रुबियोले युक्रेनसँगको शान्ति वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनिवार्य उपस्थित हुनुपर्ने बताउनुभएको छ ।टर्किएमा भएको नाटोका विदेश मन्त्रीको बैठक सकिएपछि उहाँले रुस–युक्रेन युद्ध रोक्न  अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनले पहल गर्नुपर्ने बताउनुभएको हो ।टर्किएमा हुने शान्ती वार्तामा सहभागी हुन पुटिनले आफू नगई रुसको प्रतिनिधिमण्डल मात्र पठाएको सन्दर्भमा अमेरिकी विदेशमन्त्री  रुबियोले शान्ति वार्ता निष्कर्षमा पुग्नेमा शङ्का व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ ।


पुटिनले आफ्ना सहयोगी  भ्लादिमिर मेडेन्सकीको नेतृत्वमा प्रतिनिधि मण्डल पठाएको भन्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पनि उहाँको आलोचना गर्नुभएको छ ।यस्तै खाडी देशको भ्रमणमा हुनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले पनि वार्ताले ठोस निकास पाउन र युद्ध अन्त्य गराउन आफू र पुटिनकै वार्ता आवश्यक रहेको बताउँदै आउनुभएको छ ।यस अघि युरोपेली नेता र युक्रेनले ३० दिने युद्ध विरामको कुरा उठाएपछि पुटिन आफैले हिजोका लागि  द्विपक्षीय वार्ताको प्रस्ताव राख्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्