
तिलोत्तमा ।जिल्ला सहकारी संघ रुपन्देहीको आयोजनामा दुई दिने ऋण लगानी,असुली र जोखिम व्यवस्थापन सम्बन्धी तालिम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासघका लेखा सुपरिवेक्षण संयाेजक तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम प्रसाद तुलाचनले वितिय क्षेत्रमा तरलता बढी रहेको र लगानी भएका ऋण असुलीमा पनि निकै कठिनाई भएको अवस्थामा जोखिम व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भएको तालिममा सिकेका कुरा व्यवहरमा उतार्न पर्छ भन्दै उहाले तालिम लिनु मात्र ठुलो कुरा नभएको भन्दै तालीमलाई व्यबाहारमा उतार्न आग्रह गर्नु भयो ।
सहभागीको तर्फ देखि सावित्रा अर्याल र प्रकाश भण्डारीले बोल्दै सिकेका कुरालाई व्यवहारमा उतार्ने बताउनु भएको हो । कार्यक्रम जिल्ला सहकारी संघ रुपन्देहीका सञ्चालक सदस्य तथा तालिम शिक्षा उपसमिति संयोजक गंगा लाल सापकोटा अध्यक्षता जिल्ला सहकारी संघ रुपन्देहीकाकी शिक्षा उपसमिति सदस्य सरु रानाको स्वागत मन्तव्य र कार्यक्रम को सञ्चालन संघ की व्यवस्थापक लक्ष्मी ज्ञवालीको गर्नुभएको थियो ।किसान बचत तथा ऋण सहकारी ली गैंडाकोट नवलपुरका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले सहजीकरण गर्नु भएको तालीममा रुपन्देहीका विभिन्न सहकारी संस्थाबाट २६ जनाको सहभागिता रहेको छ ।
कमेन्ट गर्नुहोस्