लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको पोषण सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

IMG

तिलोत्तमा / पोषण विशेष कार्यक्रमको  नगरस्तरीय एक दिने वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।सेतो गुराँस बाल बिकास सेवा रुपन्देही बुटवलको आयोजानमा भएको कार्यक्रममा नगरपालिकाका १७ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य, फोकल पर्सन,शाखा प्रमुखहरु स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्वास्थ्य कार्यालय,रुपन्देहीका पोषण फोकल पर्सन अधिकृत चिन्तामणि ज्ञवाली,टिकाराम अधिकारी, प्रशिक्षक मिनु पुनले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण रहनु भएको थियो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले पोषणका लागि सबै अभिभावक, स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरु एक भएर बालबालिकालाई कुपोषण हुन बाट जोगाउन लाग्नु पर्ने बताउनुभयो।  सो अवसरमा सहजीकरण र अन्तरक्रियामा बोल्दै बक्ताहरुले सन्तुलित पोषणका लागि पालिकाले अन्य भौतिक निर्माण भन्दा बालबालिका र आमाको स्वास्थ्यलाई ख्याल गर्नु पर्ने बताउनुभएको थियो। कार्यक्रममा सेतो गुराँसकी बोर्ड सदस्य ज्योति यादव,कार्यकारी निर्देशक सुमित्रा शर्मा, कार्यक्रम संयोजक तथा प्रशिक्षक  मिनु पुन, सिता भट्टराई तथा बिन्दु गौतम लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यक्रम सन्चालन कार्यक्रम संयोजक तथा प्रशिक्षक मिनु पुनले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्