लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मणिग्राम बिश्राम बाटिकाले गर्यो बृहत रक्तदान कार्यक्रम

IMG

मणिग्राम। मणिग्राम बिश्राम बाटिकाको आयोजना तथा तिलोत्तमा रक्तदाता समाज तिलोत्तमा रुपन्देही र रोट्र्याक क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा   लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ तिलोत्तमा सूर्यमुखी र रक्तसंचार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा तिलोत्तमा ५ मणिग्रामको बिश्राम बाटिकाको प्राङ्गणमा बृहत्  रक्तदान कार्यक्रम  सम्पन्न  भएको छ । 


३५ पोइण्ट रगत संकलन गरिएको सो कार्यक्रममा मुख्य प्रायोजकको रुपमा रेडियंट कलेज कुञ्जलापुर र सह प्रायोजक लुम्बीनीचस्मा घर आनखा उपचार केन्द्र रहेको थियो। मानव जीवनको अत्यन्तै  पुण्य  काम रक्तदान हो । रगतको अभावमा कुनै पनि मानव जातिले ज्यान गुमाउनु नपरोस भनी  रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक लेख बहादुर थापाले बताए।कार्यक्रमबाट ३५ पोइन्ट रगत संकलन गरिएको र प्राविधिक सहयोग रक्त संचार केन्द्र बुटवलले गरेको संयोजक बिक्रम गैरेले बताएका छन। कार्यक्रम रक्तदाता समाजका अध्यक्ष गोबिन्द बन्जाडे,रोटृयाकका अध्यक्ष बिनित कसौधन,बिश्राम बाटिकाका सुरज खड्काको अध्यक्षता र बिश्राम बाटिकाका संचालक गिरिसमणी आदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।  


कमेन्ट गर्नुहोस्