लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सेमरा माबिलाई रोटरी डाउनटाउनद्धारा पानी प्रशोधन प्रणाली हस्तान्तरण

IMG

सेमराबजार। सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनले तिलोत्तमा नगरपालिका–७ स्थित सेमरा माध्यमिक विद्यालयलाई पानी प्रशोधन प्रणाली हस्तान्तरण गरेको छ ।क्लबको वाटर तथा सरसफाई क्षेत्रको वास परियोजना अन्तरगत ३ हजार डलर बराबरको वाटर फिल्टर सेमरा माबिलाई हस्तान्तरण गरेको हो ।


तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सामग्री हस्तान्तरण गर्दै नगरभित्र रहेको विद्यालयमा सरसफाइ र स्वच्छ पिउनेपानीका विषयमा परियोजना ल्याएर उत्कृष्ट काम भएको बताए ।रुपन्देहीकै ग्रामीण क्षेत्रका रुपमा रहेको सेमरा बजारमा रहेको विद्यालयमा अध्ययरत छात्रछात्राहरुलाई परियोजनाकै कारण स्वच्छ पिउने पानीको सुविधा हुनेमा आशाबादी रहेको बताए ।


कार्यक्रमको क्लबका अध्यक्ष बाबुराम बञ्जाडेले परियोजनाबारे विवरण प्रस्तुत गर्दै ‘डिजास्टर एड मलेसिया’ तथा रिचार्ड च्यान एण्ड फ्रेण्डसको प्रायोजनमा रोटरी क्लब अफ पाटन साउथ र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त कार्यान्वयनमा सम्पन्न भएको बताए ।सामाजिक उत्तरदायित्व अन्तर्गत आगामी दिनम समेत थप रचनात्मक र समुदाय उपयोगी यस्ता परियोजनाहरु निरन्तर संचालन गर्ने प्रतिबद्धता जनाए ।


कार्यक्रममा रोटरी डिष्ट्रिक्ट एडभाइजरी काउन्सिल सदस्य दिनेश मानन्धर, रोटरी क्लब अफ बुटवल डाउनटाउनका पूर्व अध्यक्ष शिव प्रसाद गौडेल, भीमराज श्रेष्ठ, रविलाल पोखरेल, राजेन्द्र ढकाल, क्लबका वर्ष २०२४/२०२५ का अध्यक्ष शिव ज्ञवाली, दिनेश मानन्धरले रोटरीको लक्ष्य र समुदायमा गरेका विविध कार्यक्रमबारे प्रकाश पारे ।

कमेन्ट गर्नुहोस्