लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शान्ति नमुना माविमा पढ्ने २ जना विद्यार्थीको डुबेर मृत्यु

IMG

डण्डा खोला। रुपन्देहीको तिलोत्तमा ५ मणिग्रामस्थित शान्ति नमुना मावि मणिग्राममा अध्ययनरत २ जना विद्यार्थीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । यसरी मृत्यु हनेमा सिनपा भैरहवा निवासी अन्दाजी करीब १४÷१५ बर्षिय दिनेश न्यौपाने र प्रज्जवल अर्याल रहेको प्रहरीले जनाएको छ । मृतक दुवै जना शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।


पौडी खेल्ने क्रममा डुबेका दुवै जनाको शव पोष्टमार्टमका लागी अहिले भैरहवास्थित भीम अस्पतालमा राखिएको र भोली आइतबार मात्र पोष्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार शनिबार दिउँसो करीव डेढ २ बजेको समयमा भैरहवास्थित पक्लिहवा क्याम्पस पछाडीको डण्डा खोलामा साथीहरुसँगै पौडी खेल्न गएका ५ जना मध्ये शान्ति नमुना माविको कक्षा ९ मा अध्ययनरत दिनेश न्यौपाने र प्रज्जवल अर्यालको डुबेर मृत्यु भएको पुष्टि प्रहरीले गरेको हो ।


प्रहरीले मृतक दिनेश र प्रज्जवलसँगै पौडी खेल्न गएका अन्य ३ जनासँग पनि सोधपुछ गरिरहेको बुझिएको छ । गहिरो र दलदलयुक्त गहिरो रहमा एकाएक डुवेका दुवै जनालाई सँगै गएका साथीले उद्धार गर्न खोजे पनि संभव नभएको प्रहरी अनुसन्धानका क्रममा ती बालकहरुले बताएको स्थानीय जानकारी दिएका छन । 

 

कमेन्ट गर्नुहोस्