
कतार। वैदेशिक रोजगारीको लागी हाया भिजामा कतार आएका बच्चु कुमार राईको कतारमा निधन भएको छ । मोरङ जिल्लाका ४० वर्षीय राईको गत जुलाई २९ तारिकमा निधन भएको हो । गत जुलाई ७ तारिक कतार आएका उनी निमोनिया रोग बाट ग्रसित थिए । राईको उपचारको क्रममा निधन भएको अस्पतालको घोषित गरेको थियो ।
हाया भिजामा ७ जुलाई मा कतार प्रवेश गरेका उनी ८ जुलाईमा हमद हस्पिटलमा भर्ना भएका थिए । २९ जुलाईमा उनको मृत्यु भए पश्रांत कानुनी प्रक्रिया पूरा गरी गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली राजदूतावास कतारको सहकार्यमा मृंतकको शंव नेपाल पठाइएको एनआरएन एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले बताए ।
एनसिसी कतारका पूर्व महासचिव क्रान्ति सिङ र वर्तमान कार्यसमिति सचिव अर्जुन सङ्ग्रौला र श्रमिक विभागका संयोजक सन्तोष पौडेलले मृतक राईको शव नेपाल पठाउनको लागी विशेष पहल गरेका थिए । संयोजक पौडेलले कतारमा हुने यस्ता घटना बाट हामीले पाठ सिक्नुपर्ने र वैदेशिक रोजगारमा रहँदा श्रम स्वीकृति,बिमा,लगायत अन्य ईम्पोर्टेन्ट डकुमेन्टहरू समयमै चेकजाँच गरेर नवीकरण गर्न सबै श्रमिकहरूलाई आग्रह समेत गरेका छन् ।
आइतबार साँझ गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका पूर्व महासचिव क्रान्ति सिंह श्रमिक विभागका संयोजक सन्तोष पौडेल,महासचिव विवेक पुलामी मगर,सचिबद्वय अर्जुन निरौला,सुजन गुरुङ अन्य कार्यसमिति सदस्यहरू सगैं पत्रकार तिलु शर्मा पौडेल अलखोरको हमद हस्पिटलमा पुगेर मृतकको शव पठाउन राईको छिमेकी अन्जान सगं सहकार्य गर्दै सहयोग समेत गरेका थिए। आइतबार राती कतार एयरवेज मार्फत मृतकका आफन्त अन्जान राईले मृंतकको शव लिएर नेपाल फर्किसकेका छन्।
कमेन्ट गर्नुहोस्