
कतार। रोयल नेपाल यूथ एसोसिएसन कतारले पवित्र समाज सेवा नेपाललाई आर्थिक रकम सहयोग गरेको छ ।रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारको आयोजना तथा गैरआवासिय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको समन्वयमा ईस्लाम धर्मालम्बीहरुको दोस्रो ठुलो पर्व बक्र इद उल फितरको अवसरमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताबाट आम्दानी भएको रु एक लाख रुपैयाँ सहयोग स्वरूप हस्तान्तरण गरेको हो ।
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारका प्रमुख सल्लाहकार रमेश भट्ट, यूथ एसोसिएसन ठकुरी ग्रुपका प्रमुख सल्लाहकार राजन चापागाईँ,युवा व्यवसायी प्रकाश लामा काठमाडौँ बुढानीलकण्ठमा रहेको पवित्र समाजको आश्रममा पुगेर रकम हस्तान्तरण गरेका थिए । भट्टले रकम हस्तान्तरण गर्दै गरिब,दुखी असहायहरूको लागी आगामी दिनमा पनि सहयोग गर्ने वचन प्रतिबद्धता व्यक्त गरे ।यूथ एसोसिएसन कतारका अध्यक्ष केशु मल्ल ठकुरी खेलकुद संयोजक बुलेट राजा व्यवस्थापक प्रीन्स मल्ल लगायत अन्य पदाधिकारीहरूले सहयोग गर्न पाउँदा खुसी मिलेको बताउँछन् ।
अनाथलाई आश्रय दिने पवित्र समाज सेवा नेपालकी सञ्चालिका दीक्षा चापागाईँले समाज २००२ मा स्थापना भएर विगत २३ वर्ष देखि निरन्तर असहाय, बेसहारा,बेवारिसे अवस्थामा फेला परेका बालबालिका तथा वृद्ध असहायलाई विशुद्ध सामाजिक भावनाले सेवा गर्दै आइरहेको बताईन ।उनले हाल सम्म बालबालिका तथा वृद्ध बुवा आमा गरी ६८ जना आश्रममा रहेको र ३६ जना बालबालिका नर्सरी देखि कलेज सम्म पढाई गर्दै गरेको जानकारी दिइन । दुई संस्थाले संयुक्त रूपमा सहयोग गरेको उक्त रकम मानवीय कार्यमा अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै कतारमा श्रम गरेर पनि आर्थिक सहयोगको लागी हार्दिक आभार व्यक्त गरिन ।सन:२००२ मा स्थापना समाज पवित्र समाज सेवा नेपाल, बुढानीलकण्ठ नगरपालिका वडा न ४,समाजसेवा मार्ग काठमाण्डौमा रहेको छ ।
कमेन्ट गर्नुहोस्