लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

IMG

हाटबजार भैरहवा। निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले १८ भदौबाट विद्यालय बन्द गर्ने चेतावनी दिएका हुन् । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर आन्दोलनरत छन् । निजी विद्यालयले क्रमशः गैरनाफामूलक र पूर्ण छात्रवृत्ति विधेयकबाट हटाउनु पर्ने माग राखेका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत् बिहिबार मुलुकभरका जिल्ला सदरमुकाममा खबरदारी सभा गरिएको छ ।


यसैबिच निजी विद्यालयहरुले बिहिबार रुपन्देहीमा खबरदारी सहितको कोणसभा सम्पन्न गरे । खबरदारी सहित प्रमुख जिल्ला अधिकारी डा टोकलाल पाण्डेलाई ज्ञापनपत्र बुझाउन पुगेका निजि विद्यालयका सन्चालकहरुले अहिलेसम्म आफुहरु शान्तिपुर्ण भद्र आन्दोलनमा रहेको बताएका थिए । ज्ञापनपत्र बुझाए लगत्तै जिल्ला प्रशाशन कार्यालय रुपन्देही अघि जम्मा भएका निजि विद्यालयका सन्चालकहरुले कोणसभाको आयोजना गर्दै भद्र आन्दोलन उपर सुनुवाई नगरिए अनिश्चितकालीन विद्यालय बन्दको विकल्प नभएको खबरदारी सहितको कोणसभामा बोल्ने बक्ताहरुले चेतावनी दिए ।


आन्दोलनका कार्यक्रम अन्र्तगत भाद्र १४ र १५ गते आगामी कार्यक्रमका लागि तयारी बैठक गर्ने र भाद्र १६ गते देशैभरिका स्कूलबसहरूमा कालो झण्डा र व्यानर सहित परिक्रममा गर्ने धोषणा गरेका छन् । त्यस्तै भाद्र १७ गतेसम्म पनि सरकारले आफूहरुको माग सम्बोधन नगरे भदौ १८ गते देखि विद्यालय बन्द गर्ने चेतावनी निजि विद्यालयका सञ्चालकहरुले दिएका छन् । निजी विद्यालय संचालकले क्रमशः गैरनाफामूलक र पूर्ण छात्रवृत्ति लगायतका बुदाहरु विधेयकबाट तत्काल हटाउनु पर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । 




कमेन्ट गर्नुहोस्