
शान्तिचोक। राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल ( (RAAN) ) लुम्बिनी प्रदेशको आयोजनामा एशोसियसनको तेस्रो वार्षिक उत्सव तिलोत्तमामा सम्पन्न भएको छ।राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष वरिष्ठ कविराज निरिक्षक नरहरि अर्यालको अध्यक्षता तथा वरिष्ठ कविराज निरिक्षक गणेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सो बार्षिकोत्सव कार्यक्रममा बिशिष्ट अतिथिको रुपमा राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल ( (RAAN) ) का केन्द्रिय संस्थापक उपाध्यक्ष शालिकराम भुसाल तथा अतिथीहरुमा आयुर्वेद औषधी उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, तथा उद्योग बाणिज्य संघ बुटवलका उपाध्यक्ष सुरज भट्टराई, सदस्य नारायण सापकोटा, सदस्य हरिहर भण्डारी लगायत रहनुभएको थियो ।
तेस्रो वार्षिक उत्सवको अबसरमा वोल्दै सो प्रमुख अतिथि गणेश भट्टराईले आयुर्वेदको विकासका लागि केन्द्रदेखि स्थानीय तहसम्म अपनत्व हुनेगरी नीति, नियम र ऐन कानुन बनाउनुपर्नेमा जोड दिनुभयो । सो कार्यक्रममा राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल संस्थापक केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेद क्षेत्रका सम्पूर्ण व्यवसायी तथा पेशागत आयुर्वेद कर्मीलाई (RAAN) ) मा सूत्र बद्ध गर्दै अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उद्योग बाणिज्य संघ बुटवलका उपाध्यक्ष सुरज भट्टराइले आयुर्वेद बी.फार्माको अभाव रहेको र आयुर्वेद व्यवसायीलाई थोक लाइसेन्सको व्यवस्था गरिनुपर्ने धारणा राख्नुभयो । आयुर्वेद औषधी उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनालले आयुर्वेदको नाममा बिना दर्ताका औषधि, तेल तथा फुड सप्लिमेन्टको बजारीकरण रोक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योगी हरिहर भण्डारीले वार्षिकोत्सवको अवसरमा शुभेच्छा प्रकट गर्नुभयो ।राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका अध्यक्ष नरहरि अर्यालले वोल्दै आयुर्वेदको विकासका लागि व्यवसायी तथा पेशागत आयुर्वेद कर्मीबाट सुझाव संकलन गर्न सात सदस्यीय समिति गठन गरिएको वताउनु भयो ।उहाले समितिले आवश्यक छलफलपछि दुई–तीन महिनाभित्र प्रदेश तथा संघका सम्बन्धित निकायमा सुझाव पेस गर्ने समेत बताउनुभयो ।कार्यक्रममा चिकित्सक स्वास्थ्यकर्मी तथा आयुर्वेदसंग सम्बोधीत सहभागीहरुको उपस्थित रहेको थियो ।कार्यक्रममा स्वागत राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल लुम्बिनीका उपाध्यक्ष दीपक पन्थी ले र संञ्चालन राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालका सचिब प्रदिप बैठाले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्