लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

म कर्मचारी : एक कथा

IMG

आज म कार्यालयमा १० बजेर १५ मिनेटमा पुगे । बाहिर सेवाग्राहीहरुको भिडभाड थियो । कोठामा एसी खुलेको थियो पंखा चलिरहेको थियो । घुम्ने कुर्चिमा गएर बसे र सोच्न थाले म यो कार्यालयको प्रमुख हुँ ठुलो मान्छे हुँ भनेर आफ्नो सफलताको प्रशंसा आफैले गर्दै अलिअलि गर्व पनि महशुस गरिरहेको थिए । मैले भनेको हरेक कुरा यो कार्यालयका सबै कर्मचारीहरुले कुनै प्रतिवाद नगरिकन मान्नुपर्छ भनेर अहमता पनि छ म मा,आफ्नो परिवारको बारेमा सोचिरहेको थिए । श्रीमतिले मैले भनेको जस्तो गर्दिनन, केटा केटीहरुले भनेको मान्दैनन आफु खुशि गर्छन भनेर दिक्क मान्दै यो संसारमा म जति दुःखि कोही छैन भन्दै म आफ्नै कल्पनामा हराईरहेको थिए ।


त्यतिकैमा १ जना बृद्ध महिला सेवाग्राही हातमा कागजपत्र लिएर मेरो कोठामा छिर्नुहुन्छ र मलाई नमस्ते सर भन्नुहुन्छ मैले पनि नमस्ते फर्काए उहाँलाई टेबल अगाडी रहेको सोफामा बस्नुस भनेर हातले ईसारा गरे र सोधे के कति कामले आउनु भयो भनेर उहाँले सोफाबाट उठेर आफ्नो हातमा भएको कागजपत्र मलाई दिएर फेरी सोफामा गएर बस्नुभयो । म चाहि उहाँले दिएको कागजपत्र हेर्न थाले उहाँ चाहि मेरो अनुहारमा एकनासले हेरिरहनु भएको थियो अलि थकित र त्रसित मुद्रामा कुनै कागजपत्र मिलेन भनेर मैले उहाँको काम गरिदिन्न कि भनेर नभन्दै उहाँले अधुरो कागजपत्र लिएर आउनु भएको रहेछ । मैले उहाँलाई भने तपाईले हामीलाई चाहिने कागजपत्र लिएर आउनु भएको छैन पुरा कागजपत्र लिएर आउनुस ।


त्यसपछि उहाँले सोध्नुभयो बाबु कुनकुन कागजपत्र लिएर आउनुपर्छ अझै मैले पनि उहाँलाई आवश्यक कागजपत्रको बारेमा जानकारी गराए र छिटो लिएर आउन अनुरोध गरे जति छिटो कागज लिएर आउनुहुन्छ त्यति नै छिटो हजुरको काम हुन्छ भनेर भने त्यत्तिकैमा सदाको झै कोठामा चिया आयो मैले ति बृद्ध महिलालाई पनि चिया दिनभने र उहाँलाई आमा तपाई एकदम थकित देखिनु भएछ चिया पिएर जानुस भनेर अनुरोध गरे र उहाँले पनि हुन्छ भन्नुभयो ।ति बृद्ध महिलाले सेतो रङ्गको धोति लागउनु भएको थियो अनुहारमा कालो कालो दाग थियो सायद पैदल हिडेर आउनु भएको रहेछ खुट्टामा धुलो टाँसिएको थियो चिया पिउने क्रममा उहाँ भोकाए जस्तो गरेर छिटो छिटो चिया पिईराख्नु भएको थियो त्यो देखेर मैले सोधी हाले आमा तपाई खानाखानु भएको छैन भनेर बिहानै घरबाट निस्केको अब घर गएर खाना खाने हो बाबु भन्नु भयो ।मलाई उहाँको बारेमा थप जान्ने जिज्ञासा जाग्यो तपाई बिहान बिहानै यति थकित किन देखिनु भएछ भनेर फेरी सोचे उहाँ भोकाउनु भएको रहेछ उहाँलाई गफमा अल्झाउनु ठिक हुदैन भनेर एक छिन म आफै अल्मलिय सोधम कि नसोधम भनेर एकछिन त हो सोधम न सोध्दैमा के बिग्रिन्छ भनेर सोधिहाले आमा तपाई किन यति बिहानै थकित देखिनु भएछ भनेर मैले सोध्ने बित्तिकै उहाँले आँखाभरि आँसु ल्याउनुभयो र भन्नुभयो बाबु म सारै दुःखि छु श्रीमान् बित्नुभयो मेरो परिवारमा म र मेरा दुईवटी छोरीहरु छन एउटा छोरी अपाङ्ग छिन मलाई क्यान्सर छ अर्की छोरीलाई पनि दुई महिना अगाडी क्यान्सर देखियो उपचार गर्ने पैसा छैन उपचार भएन भने क्यान्सरको पिडाले शरिर दुखेर बसि सक्नु हुदैन भनेर रुन थाल्नु भयो म उहाँको कुरा सुनेर झसङ्ग भए एकछिन अगाडीसम्म म यो संसारको सबैभन्दा दुःखि मान्छे थिए अब उक्त बृद्ध महिलाको कुरा सुनेर यो संसारको सबैभन्दा दुःखि मान्छे त उहाँ पो हुनुहुदो रहेछ भनेर यो दुःख मापन गर्ने मेसिन अथवा तराजु कहाँ होला जुन कि कसको दुःख कति छ अथवा यो संसारमा को कति दुःखि छ भनेर मापन गर्न सकियोस् ।


फेरि उक्त बृद्ध महिलाले भन्नु भयो बाबु म यो कामको लागी ३।४ वटा सरकारी कार्यालयहरुमा गए त्यहाँ के हुँदो रहेछ भने कामै नगरिदिने परम्परा रहेछ म जस्तो दुःखि बृद्ध महिलाको काम नगर्दिएर सारै दुःखपाए मैले घरि १ नं. कोठामा जानुस घरि २ नंं कोठामा जानुस कोठामा जाँदा कर्मचारी भेटिदैन उसलाई कुर्नु परेयो दिन त्यसै गयो घरि यो कागज मिलेन भोलि आउनुस घरि कर्मचारी छुट्टिमा छन दुई दिन पछि आउनुस भनेर मेरो कामै नगर्दिएर यत्रो ढिलो भयो धन्नै मेरो छिमेकिको छोरी खै कुन सरकारी कार्यालयमा कामगर्दा रहिछन उनले फोन गर्दिएपछि मेरो काम तुरुन्तै भयो यस्तो छ हाम्रो देशको सरकारी कार्यालयहरुको हालत जसको माथिल्लो निकायमाआफ्नो मान्छे छन् ठुला ठुला मान्छेहरुसँग चिनजान छ उनिहरुको काम तुरुन्तै हुने हामी जस्तो गरिब बोल्न नसक्ने मान्छेको काम नहुने हो त बाबु ? भनेर मलाई प्रश्न गर्नुभयो ।


मैले उहाँको प्रश्नको जवाफदिन सकिन किनकी म आफै पनि कुनै सरकारी कार्यालयको कार्यालय प्रमुख हु मेरा कार्यालयमा पनि त्यस्तै भईरहेछ कि अथवा म आफैले पनि त्यस्तै गरिरहेछु कि भनेर मलाई लज्जास्पद बोध भयो उहाँको प्रश्नको जवाफदिन सकिन र चुप बसिरहे मलाई त्यसरी चुपचाप बसेको देखेर उहाँले भन्नु भयो बाबु मलाई पढन लेख्न आऊँदैन भनेर मेरो परिचय सोध्नुभयो मैले आफ्नो परिचय दिए बाबु तपाई थारु समुदायको हुनुहुन्छ तपाई ईमान्दार मान्छे हुनुहुन्छ होला थारु समुदायका मानिसहरु सोझा हुन्छन मलाई तपाईको बोलि बचनबाट थाह भईसक्यो तपाई यस कार्यालयको हाकिम हुनुुहुन्छ तपाईको प्रगति देखेर म एकदम खुसि छु सायद मेरो ठुली छोरी पनि अपाङ्ग नभएको भए तपाई जस्तै हुन्थिनहोला । तपाई कर्मचारीहरु सफा सुग्घर कोठामा बसेर काम गर्नुहुन्छ, कम्प्युटर चलाउनु हुन्छ, घुम्ने कुर्चिमा बस्नुहुन्छ, समय भएपछि नास्ता चियापानी टेबुलमै आउँछ,ए.सि.मा बस्नु हुन्छ, राम्रा राम्रा पोशाक लगाउनुहुन्छ हेर्द खेरी आकर्षक व्यक्तित्व देखिनु हुन्छ तर तपाईहरुको सोच चाहि किन हो हामी सेवाग्राही प्रति फोहोर तथा नकारात्मक छ,तपाईहरुलाई केहीकुरा सोध्यो भने बोल्नै गाह्रो मान्नुहुन्छ बोलिहाल्नु भयो भने रुखो बोल्नुहुन्छ तपाईहरुलाई त्यही सिकाईन्छ कि अझ मुस्कान सहितको सेवा तथा शुसासनका कुरा गर्नुहुन्छ वास्तवमा भन्ने हो भने तपाईहरु अहमताको रोगी हुनुहुन्छ हामी कर्मचारी ठुलो मान्छे हौ भनेर तपाईहरुमा अहमताले जरो गाडेको छ,हाम्रो काम नगरिदिएर आफ्नो सामुन्नेबाट छिटो भगाउन खोज्नु हुन्छ,आफ्नो व्यक्तित्व जस्तै सोच पनि सफा र सकारात्मक किन बनाउनु हुन्न तपाईहरु, भगाउनै छ भने हामी सेवाग्राहीको काम छिटो गरिदिएर भगाउनुस हाम्रो काम भईदिएको खण्डमा हामीहरु तपाईहरुलाई दुःखदिन आउदैनौ, घरि एउटा कोठा घरि अर्को कोठा भन्दै दौडाउनु हुन्छ सेवाग्राहीलाई समान प्रकृतिका सेवाहरु एकै ठाऊँबाट सेवाप्रवाह गर्ने व्यवस्था किन गराउनुहुन्न तपाईहरु जसले गर्दा तपाई सेवादिने लाई पनि सजिलो हामी सेवा लिनेलाई पनि सजिलो होस आखिर तपाईहरुले पाउने तलब पनि त हामी सेवाग्राहीले तिरेको करबाट नै आउँदो रहेछ । तपाईहरु धर्मकर्म गर्नुहुन्छ परिवारमा राम्रो होस सुख समृद्धि छाओस भनेर भगवानलाई खुशि पार्न मन्दिर जानुहुन्छ तर तपाई कर्मचारीहरुले यो कुरा किन बुझनुहुन्न कि तपाई कर्मचरीहरुको सबैभन्दा ठुलो धर्म त कार्यालयमा काम लिएर आउने सेवाग्राहीको काम सजिलैसँग छिटो छरितो गरिदिएर उनिहरुलाई सन्तुष्ट पारेर प्रशंसा गर्ने अथवा आर्शिबाद दिने गराउनुसन भन्दै बृद्ध महिला अलिक आवेसमा आउनुभयो र भन्नुभयो तपाईले आफ्नो कार्यालयमा मैले भने जस्तै गराउनुस तपाईलाइ आफु र आफ्नो परिवारको सुख समृद्धि खोज्न मन्दिर जानु पर्दैन हामी जस्तो बृद्ध गरिब सेवाग्राहीले दिएको आर्शिबादबाटै आउँछ भन्दै ल हुन्छ बाबु मैले कार्यालयहरुमा काम परेर जाँदा भोगेका कुराहरु तपाई समक्ष पोख्ने मौका पाएँ त्यसको लागी धेरै धेरै धन्यवाद अपुग कागजपत्रहरु म भोलि लिएर आउँछु भनेर उहाँ बिदा हुनुभयो ।


बिहान म कार्यालय आउँदा आफुलाई यो संसारको सबैभन्दा दुःखि मान्छे सम्झिन्थे यो कार्यालयको कार्यालय प्रमुख हो भनेर अहमता पनि थियो म मा तर ति बृद्ध महिलासँग कुरा गरिसकेपछि सोच्न बाध्यभए म हामी किन त्यस्तो गर्र्छौ त जुन सेवाग्राही आफै कार्यालयमा उपस्थित भएर नियमपुर्वक सेवालिन आएका हुन्छन उहाँहरुलाई वास्ता गर्दैनौ सेवा दिनमा आलटाल गर्छौ । कुनै ठुलाबडाका फोन आयो अथवा कतैबाट सिफारिस आयो भने उनिहरुको काम ईमर्जेन्सी सम्झेर ५ मिनेटमै गरिदिन्छौ । यसबाट कस्तो परमपराको विकास भैसकेको छ भने जसको माथिल्लो निकायमा मान्छे छन जो पहुँचवाला छ उसको काम छिटो छरितो तरिकाले हुने जसको माथिल्लो निकायमा आफ्ना मान्छे छैनन जो बोल्न सक्दैन उसले सेवा कसरी पाउने त.? सेवाप्रवाहमा एक रुपता ल्याउनु परेयो हामी समतामुलक समानताको कुरा गर्छौ, शुसासनका कुरा गर्छौ तर यि सब कुराहरु नारामा मात्र सिमित रहेयो सेवाग्राहीले जुन आशा र अपेक्षा लिएर कार्यालयमा आएको हुन्छ कर्मचारीले उसको आशा र अपेक्षा अनुसार राम्रो व्यवहार गरेर सेवा उपलब्ध नगराईदिएको खण्डमा कसरि शुसासनका कुरा गर्न सक्छौ हामी यी सब कुराहरु हामी व्यवहारमा कहिले लागु गर्ने त.?


लेखक : राजु चौधरी 

कार्यालय प्रमुख स्वास्थ्य बिमा बोर्ड,रुपन्देही

कमेन्ट गर्नुहोस्