लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लाईन काटेपछि १४ उद्योगले डेडिकेटेड–ट्रंकलाइन बक्यौता तिरे

IMG

तिलोत्तमा। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १४ उद्योगले बक्यौता रकम बुझाएका छन् ।प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।विद्युत आपूर्ति बन्द भएपछि २५ मध्ये घराना फुड्स र गोयन्का फुड्स गरी दुई उद्योगले तत्कालै बक्यौता महसुलको किस्ता तिरेका थिए । दुई उद्योगले किस्ता बुझाएपछि तत्काल लाइन जोडिएको थियो । यससँगै किस्ता तिर्न सुरु गर्ने उद्योग संख्या १४ पुगेको छ । अहिले ११ उद्योगमा विद्युत् काटिएको अवस्था छ ।


प्राधिकरणका अनुसार विद्युत आपूर्ति बन्द गरिएका रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, पञ्चकन्या लगायतका उद्योगले विद्युत महसुलको पहिलो किस्ता बुझाएका छन् । किस्ता बुझाएका सबै उद्योगमा प्राधिकरणले तत्काल लाइन जडान गरिदिएको जनाएको छ ।यद्यपि, उद्योगीहरूले यसलाई किस्ताका रूपमा नभएर धरौटीका रूपमा भुक्तानी गरेको बताएका छन् । गत साता प्रधानमन्त्री कार्यालयमा उद्योगीले धरौटीका रूपमा पहिलो किस्ता तिरेपछि लाइन जोड्ने र न्यायिक प्रक्रिया अघि बढाउने सहमति भएको थियो । त्यसपछि केही उद्योगीले धरौटी भन्दै पहिलो किस्ता तिरेका छन् । तर प्राधिकरणले भने किस्ताकै रूपमा बक्यौता बुझेको बताउँदै आएको छ ।


यसमा द्विविधा भएपछि गत शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहमतिका आधारमा बक्यौता असुल गर्न सहजीकरणका लागि ऊर्जा मन्त्रालय र प्राधिकरणलाई पत्र पठाएको छ ।

पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरू र बक्यौता रकम:

त्रिवेणी सिन्थेटिक : १५ लाख ७१ हजार

रिलायन्स स्पिनिङ मिल्स : २ करोड ७७ लाख

हुलास स्टिल : ५० लाख ४३ हजार

अशोक स्टिल : ६३ लाख

हामा आइरन एन्ड स्टिल इन्डस्ट्रिज : २० लाख ९० हजार

पञ्चकन्या प्लास्टिक : २४ लाख ६३ हजार

पञ्चकन्या स्टील : ५२ लाख १९ हजार

सिद्धार्थ पेटप्लान्ट : १ करोड ८३ लाख

श्याम प्लास्टिक : ४९ लाख १० हजार

सोनापुर मिनरल एन्ड आयल : ८६ लाख ३० हजार

हिमाल आइरन एन्ड स्टिल : १३ करोड ६५ लाख

शिवम् सिमेन्ट : २ करोड ३८ लाख

घराना फुड्स : ६७ लाख

गोयन्का फुड्स : ५२ लाख ७३ हजार

विद्युत काटिएका उद्योग र तिर्नुपर्ने बक्यौता रकम:

जगदम्बा स्टिल : १ अर्ब ६० करोड १८ लाख

घोराही सिमेन्ट : ५० करोड ८५ लाख

अर्घाखाँची सिमेन्ट : ४४ करोड ८४ लाख

त्रिवेणी स्पिनिङ मिल्स : ३२ करोड १० लाख

जगदम्बा सिन्थेटिक : २० करोड ५० लाख

कसमस सिमेन्ट : ९ करोड ७७ लाख

निगाले सिमेन्ट : ५ करोड ८१ लाख

विशाल सिमेन्ट इन्डस्ट्रिज : ३ करोड ३५ लाख

बुटवल सिमेन्ट : १८ करोड ४५ लाख

एभरेस्ट पेपर मिल : ९ करोड ४४ लाख

निगाले सिमेन्ट : ५ करोड ८९ लाख

अदालतको अन्तरिम आदेशले रकम तिर्नबाट जोगिएका उद्योग र बक्यौता रकम:

मारुती सिमेन्ट : ५७ करोड ४५ लाख

अरिहन्त मल्टिफाइबर : ११ करोड ५३ लाख

युनाइटेड सिमेन्ट : ११ करोड ३७ लाख

रघुपति जुट मिल : ८ करोड ५९ लाख

अरिहन्त पोलिप्याक : ६ करोड ६२ लाख

बाबा जुट मिल : २ करोड ४१ लाख

कमेन्ट गर्नुहोस्