
तिलोत्तमा । गीर्वाण सरस्वति संस्कृत तथा साधारण मावि तिलोत्तमा ५ मणिग्रामले हीरक महोत्सव तयारी भेला सम्पन गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यमदत्त सुवेदीको अध्यक्षता सम्पन्न भेलामा बोल्ने बक्ताहरुले हीरक महोत्सव २०८२ लाई सभ्य, भब्य र ब्यवस्थित रुपमा सम्पन्न गर्न आ आफ्ना राय, सुझाव र सल्लाह पेश गरेको विद्यालयका प्राचार्य केदार चन्द्र पराजुलीले जानकारी दिनुभयो ।
तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपानेको प्रमुख अतिथ्य रहेको भेलाले विद्यालयका अध्यक्ष यमदत्त सुवेदी अध्यक्ष रहने गरि मुल समारोह समिति गठन गरेको छ । सो अवसरमा विद्यँलयका पुर्व प्रअ बुद्धिसागर भट्टराई, पुर्व विद्यार्थी मन्चका अध्यक्ष डिल्लीराज भण्डारी, पुर्व विद्यार्थी डा मुरारी पराजुली, डा बालकृष्ण चापागाई, शिक्षक महासंघ तिलोत्तमाका अध्यक्ष मृगेन्द्र प्रसाद रिजाल, गीतकार तेजप्रसाद पाण्डे, कृष्ण प्रसाद भट्टराई, सल्लाहकार कविराम अर्याल लगायतले बोल्नुभएको थियो ।
भेलामा समाजसेवी, बुद्धिजीवी, उद्योगी, ब्यवसायी, सहयोगदाता, अक्षयकोषदाता, चन्दादाता र पुर्व विद्यार्थी लगायतको सहभागिता रहेको थियो । विसं २०२२ साल अक्षय तृतीयाका दिन स्थापना भएको विद्यालयले यै २०८२ सालमा आफ्नो स्थापनाको ६० बर्ष पुरा गरेको छ । विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म सस्कृत, अंग्रेजी र नेपाली माध्याममा पठनपाठन हुदै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्