
तिलोत्तमा ।रोशन नेपाल स्मृति प्रतिष्ठानको १२ औँ स्मृति दिवस तथा साधारण सभा सम्पन्न भएको छ । शनिबार बुटवलस्थित कालिका मानवज्ञान माविमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रोफेसर ऋषिराम भुषालको सभापतित्व तथा प्राडा कपिलदेव लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले रोशन नेपाल स्मृति प्रतिष्ठानले गरेका सामाजिक कार्यहरुको चर्चा परिचर्चा गरेका थिए ।कार्यक्रममा छवि नेपाल स्मृति पुरस्कारबाट शान्ति नमुना माविका शिक्षक कृष्ण प्रसाद गौतमलाई नगद, दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको प्रतिष्ठानका संरक्षक सावित्री नेपालले जानकारी दिनुभयो ।
यसैगरि आजिवन सदस्यहरु मध्येबाट नवराज श्रेष्ठ सम्मानित हुनुभएको प्रतिष्ठानका सल्लाहकार प्राडा रामचन्द्र आचार्यले जानकारी दिनुभयो । यसैगरि सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट एसईईमा ४ जिपिए प्राप्त गर्ने ४ जना विद्यार्थीहरु सहित प्रतिष्ठानको संस्थागत सदस्य भएका विद्यालयहरु सिद्धार्थ बोर्डिगँ स्कुल शंकरनगर तथा महावीर बोर्डिगँ स्कुल बुटवलका एक एक जना विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । यसैगरि मृगौला तथा मुटु सरोकार समाजलाई पनि नगद सहित सम्मानित गरिएको कार्यक्रममा सदा झै यसबर्ष पनि बुटवल उपमहानगरपालिका वडा न ६ निवासी जेष्ठ नागरिकद्धय ९५ बर्षिया मोहनमाया कक्षपति तथा ९२ बर्षिय चित्रमान गौचनलाई निवास मै पुगेर नगद सहित दोसल्ला खाद्यान्न लगायतका सामग्री सहित सम्मान गरिएको थियो ।
यसैगरि प्रतिष्ठानले माधवराज शर्मा भैरहवा, मदनराज शर्मा, तिलोत्तमा वडा न ८, रमेश राज शर्मा, विष्णु प्रसाद सापकोटा चितवन, केएन सागर ज्ञवाली तिनपा ७ भलवारी लगायतलाई आजिवन सदस्यको प्रमाण्पत्र वितरण गरिएको कार्यक्रम सन्चालन तथा संस्थाका सचिव मोहनराज शर्माले जानकारी दिनुभयो । प्राध्यापक तथा प्रतिष्ठानका उपाध्यक्ष रामलाल श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा उद्योग बाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष नवराज श्रेष्ठ, शिक्षाविद, साहित्यकार, समाजसेवी, उद्योगी, ब्यवसायी, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्