लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रयाप्त प्याराफिट नहुँदा तिलोत्तमाको एक्स्ट्राटेकमा एनपीएल क्रिकेट नहुने

IMG

पिप्रहिया। तिलोत्तमाको वडा नम्बर-१७ मा रहेको एक्स्ट्राटेक क्रिकेट मैदानमा प्याराफिट नभएका कारण दर्शकले बसेर हेर्न नपाउने भएपछी नेपाल प्रिमिएर लिग (एनपीएल) को दोस्राे संस्करणको खेल नहुने भएको छ। २ वटा खेल तिलोत्तमामा हुने भन्ने छलफल बहेको तर प्याराफिट अभावले खेल हुन नसक्ने क्यानले बताएपछि तिलोत्तमामा कुनै पनि खेल नहुने भएको छ। एक्स्ट्राटेकमा अहिले प्याराफिटको २५ प्रतिशत काम मात्र सकिएको छ भने बाकि प्याराफिट निर्माण नहुँदा सम्म नेशनल लेभलका खेल हुन सम्भव देखिदैन। पहिलो पटक प्यारापिट र फ्लडलाइटसहितको क्रितिपुर रङ्गशालामा पुरै खेल हुने क्यानले जनाएको छ।  सो स्थानमा खेल हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् ।


हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टोली र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टोलीमा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम– विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करण जस्तै दोस्राे संस्करणको एनपीएललाई पनि खेलाडी, दर्शक र खेलसँग सम्बन्धित निकायले उत्तिकै महत्त्व दिएका छन् । आ–आफ्नो टोलीको मनोबल बढाउन विभिन्न पुरस्कार राशीको घोषणा पनि भएका छन् ।


एनपीएलका कुल ३२ मध्ये २३ खेल फ्लडलाइटमा हुनेछन् । लिग चरणका १९ खेल अनि प्लेअफका तीन र फाइनल गरी २३ खेल फ्लडलाइटमा खेलाइने तय भएकाे छ । पहिलो संस्करणमा केही सङ्ख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यस पटक पहिलेभन्दा धेरै विदेशी खेलाडीहरू अनुबन्ध भइसकेका छन् । विभिन्न टोलीले विश्व चर्चित खेलाडीहरूलाई अनुबन्ध गरिसक्दा यस पटक एनपीएल अझ भव्य हुने देखिएको छ । 

कमेन्ट गर्नुहोस्