
भलवारी । लिटिल प्याराडाइज इङ्गलिस मिडियम स्कुल तिलोत्तमा ७ भलवारीमा स्पोर्ट्स मिट २०८२ शुरु भएको छ । पठनपाठनका अलावा खेलकुदमा समेत विद्यार्थीहरुलाई अब्बल बनाउने उद्धेश्यसहित बुधबारबाट शुरु गरिएको स्पोर्ट्स मिटको एक कार्यक्रमका बीच प्रमुख अतिथि एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीतु बौडेलले उद्धघाटन गनुभएको हो । सो अवसरमा बोल्दै बौडेलले अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलकुद मार्फत विद्यार्थीको प्रतिभा छनौट गर्न स्पोर्ट्स मिट फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै तिलोत्तमा वडा न ७ का कार्यबहाक अध्यक्ष गणेश भण्डारीले विद्यार्थीहरुमा रहेको आन्तरिक तथा बौद्धिक क्षमता मापनका लागी खेलकुद कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । वहाँले पठनपाठनसंगै विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत आफुलाई अब्बल बनाउदै लगेको भन्दै प्रशंशा गर्नुभयो ।
मंसीर ६ गतेसम्म चल्ने स्पोर्ट्स मिटमा बुधबार कविता तथा वादविवाद प्रतियोगिता, स्पीच, हट पोटयाटो, म्युजिकल चेयर, चित्रकला र दौड लगायतका प्रतियोगिताहरु सम्पन्न भएका छन । स्पोटर््स मिटमा एथलेटिक्ससँगै विभिन्न विधामा विद्यार्थीहरुले सक्रिय सहभागीता जनाएको जुनियर शैक्षिक सँयोजक सम्झना खरेलले जानकारी दिनुभयो । खेल कार्यक्रममा समुहगत रुपमा ४ सदनले प्रतिस्प्रर्धा गर्दैछन । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन, गोविन्द शर्मा बस्याल, सुरेन्द्रराज ज्ञवाली, सहप्राचार्य मोहन थारु, सिनियर लेखापाल सुस्मा हमाल पुन लगायतको सहभागिता रहेको थियो । कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रममा विद्यार्थी अनुराग गौतमको स्वागत तथा सन्चालन सिनियर शैक्षिक संयोजक नवराज रेग्मीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्