
बुटवल। जिल्ला सहकारी संघ लिमिटेड, रुपन्देहीको आयोजनामा "ब्याजदर निर्धारण तथा पूँजीकोष अनुपात विश्लेषण तालिम" बुटवलमा सम्पन्न भएको छ। जिल्ला सहकारी संघ लि.का संचालक एंव शिक्षा तथा तालिम कार्यक्रम उपसमिति संयोजक गङ्गालाल सापकोटाको अध्यक्षता, राष्ट्रिय सहकारी महासंघ लि.नेपालका लेखा सुपरिवेक्षण समितिका संयोजक एवम् जिल्ला सहकारी संघ लि. रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा सम्पन्न सो तालिम २०८२ मंसिर १० र ११ गते २ दिन सम्म चलेको थियो।
प्रशिक्षक तथा सहजकर्ता नेफ्स्कूनका पूर्व कोषाध्यक्ष केशव प्रसाद पोखरलले उपस्थित सहभागीहरुलाई "ब्याजदर निर्धारण तथा पूँजीकोष अनुपात विश्लेषण सम्बन्धि विभिन्न विषयका बारेमा प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा कार्यक्रमका अध्यक्ष गङ्गालाल सापकोटा, संघका अध्यक्ष भीम प्रसाद तुलाचन, संघका महासचिव दामोदर पंगेनी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको संचालन र व्यवस्थापन जिल्ला सहकारी संघ लि .रुपन्देहीको व्यवस्थापक लक्ष्मी ज्ञवाली र कर्मचारी भुपराज भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा शिक्षा तथा तालिम उप समिति सदस्य सरु रानाको स्वागत मन्तव्य रहेको थियो भने उक्त कार्यक्रममा संघका महासचिव दामोदर पंगेनी , लेखा सुपरिवेक्षण समिती सदस्य सिता न्यौपाने उपाध्याय, शिक्षा तथा तालिम उपसमिति सदस्य नगेन्द्र पाण्डेय समेत उपस्थिति रहेको थियो। कार्यक्रममा रुपन्देही जिल्ला भरिबाट उत्साहजनक रुपमा २६ जना सहभागीको सहभागिता रहेको थियो।
कमेन्ट गर्नुहोस्