लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिटिल प्याराडाइजको ३ दिने शैक्षिक अन्तरक्रिया सम्पन्न,अभिभावकको सुझाव मननयोग्य

IMG

लोकेटार मार्ग, भलवारी। लिटिल प्याराडाइजको ३ दिने शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ । तिलोत्तमा ७ भलवारीस्थित विद्यालय हाताभित्र लगातार ३ दिनसम्म चलेको अन्तरक्रियामा अभिभावकहरुबाट अनेकौं सुझाव आएको विद्यालयका प्राचार्य केएन सागर ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्ष समेत रहनुभएका ज्ञवालीले अभिभावकहरुबाट अल्पकालीन र दीर्घकालीन अनेकौं सुझावहरु आएको र सही सुझावलाई यथाशीघ्र समाधान गर्ने गरि विद्यालय अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।  मंगलबार प्रि प्राइमरी तहका अभिभावक डाकेर शैक्षिक अन्तरक्रिया गरेको विद्यालयले बुधबार कक्षा ६ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावक डाकेर अन्तरक्रिया गरेको थियो । यसैगरि अन्तरक्रियाको अन्तिम दिन बिहिबार कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावक डाकेर भेला सम्पन्न गरेको सिनियर शैक्षिक संयोजक तथा शिक्षक नवराज रेग्मीले जानकारी दिनुभयो ।


३ दिनसम्म आयोजना गरिएको शैक्षिक अन्तरक्रियामा सहभागी धेरैजसो अभिभावकहरुले बालबालिकाहरु मोबाइलमा झुम्मिने समस्याले आजित परेको गुनासो सुनाएका थिए । साथै यातायात, खाजा नास्ता, आन्तरिक सरसफाई लगायतका कुराहरुलाई मनन गर्दै सीपयुक्त अध्ययन अध्यापन, एआईको माध्यामबाट पठनपाठन गराउनु पर्ने कुराहरु समेत सुझावको रुपमा अभिभावकबाट आएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जीतु बौडेलले बताउनुभयो । बिहिबार शैक्षिक अन्तरक्रियाको अन्तिम दिन आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका पुर्व अध्यक्ष तथा सल्लाहकार हेमनाथ ज्ञवालीले खरको छाप्रोबाट शुरु भएको विद्यालयको प्रगति अहिले भने लोभलाग्दो अवस्थामा पुगेको बताउनुभयो । वहाँले समयसापेक्ष अध्ययन अध्यापन गराउदै आएको विद्यालयले अभिभावक सहितको शैक्षिक अन्तरक्रिया आयोजना गरेर उत्कृष्ट कार्य गरेको बताउनुभयो । 


कार्यक्रममा अभिभावकको तर्फबाट बोल्दै पत्रकार प्रकाश पाण्डेले शिक्षामा आमुल सुधार ल्याउन शिक्षक र अभिभावक सच्चिनु आवश्यक रहेको बताउनुभयो । वहाँले शिक्षामा विशिष्टिकृत र सरलीकृत दुवै अभ्यासहरु जरुरी रहेको बताउनुभयो । पत्रकार पाण्डेले असल अभ्यास सहित विद्यार्थी भित्रको क्षमता पहिचान गर्दै अघि बढ्न शिक्षक, अभिभावक तथा विद्यालय तिनै पक्षलाई आग्रह गर्नुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष सिता पुन, विद्यालयका सहायक प्राचार्य मोहन थारु, शिक्षाविद, समाजसेवी, अभिभावक तथा विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रम जुनियर शैक्षिक संयोजक संझना खरेलको स्वागत तथा कार्यक्रम संयोजक नवराज रेग्मीको सन्चालनमा सम्पन्न भएको थियो । विद्यालयमा मै संगीत, नृत्य तथा खेलकुदका लागी छ्ट्टाछ्ट्ट्ै शिक्षकको ब्यवस्था गरेर विद्याथीको अतिरिक्त कला प्रस्फुटन गराउन तल्लीन विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बिहिबार नृत्य तथा गीत संगीतसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

कमेन्ट गर्नुहोस्