
चारनम्बर,मणिग्राम। तिलोत्तमा नगरपालिका वडा नं. ८ ज्योतिनगरमा रहेको ज्योति आधारभुत विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाडले विद्यालयको सर्वाडिंण विकाशमा शिक्षक, अभिभावक र विद्यार्थी तिनवटै तहको महत्वपुर्ण भुमिका रहने बताउनुभयो । तिलोत्तमा नगरपालिकाले सदैव गुणस्तरीय शिक्षामा जोड दिदै आएको बताउदै खाडले यहाँका सामुदायिक विद्यालयहरुमा पछिल्लो समय विद्यार्थी संख्या बढ्दै गैरहेको प्रति खुसी समेत ब्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै विशिष्ट अतिथि तथा तिलोत्तमा नगरउपप्रमुख जगेश्वर देवी चौधरीले पछिल्लो समय शिक्षामा प्रतिस्प्रर्धा बढिरहेको बताउनुभयो । वहाँले सामुदायिक विद्यालयहरुले शिक्षा क्षेत्रमा देखिएको प्रतिस्प्रर्धालाई चिर्ने गरि अब्बल भई पठनपाठन गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रम कै अवसर पारेर नगर प्रमुख खाडले निवनिर्मित दुइ तल्ला सहितको ८ कोठे नयाँ भवनको उद्धघाटन समेत गर्नुभएको छ । विंस २०७४ सालमा आयोजना गरिएको महायज्ञबाट आर्थिक संकलन गरि प्रदेश तथा स्थानीय सरकार समेतको आर्थिक सहयोगमा ८ कोठे भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक दिलबहादुर थापाले जानकारी दिनुभयो ।
वहाँले हाल विद्यालयमा २ सय ५० बढी विद्यार्थी अध्ययनरत रहेको बताउँदै आर्थिक बर्ष २०८१, ८२ काृ विवरण समेत प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर थापा सुरजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि तिलोत्तमा वडा न ८ का अध्यक्ष कृष्णप्रसाद पौडेल, सहयोगदाता, अक्षयकोषदाता, दानवीर लगायत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, तथा शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम कै अवसरमा प्रगतिचोक निवासी तुल्सिराम कंडेलले बुवा उमापति कडेल तथा आमा कमला कडेलको नाममा विपन्न विद्यार्थी अक्षयकोष स्वरुप रु १ लाख ११ हजार १ सय ११ रुपैया तथा तिलोत्तमा ८ निवासी गौरीलाल कंडेलले बुवा बलिराम तथा आमा भिमकलाको स्मृतिमा विपन्न अक्षयकोष स्वरुप रु ५० हजार १ सय ५१ न्गद दिने घोषणा गर्नुभएको थियो ।कार्यक्रममा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रअ, संघ संस्थाका प्रतिनिधी, विद्यालयका शिक्षक, कर्मचारी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । विद्यालयका सह प्रध्यानाध्यापक सरस्वती पाण्डेको स्वागत तथा शिक्षक रमेश पाण्डेको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्