लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु इन्भारन्मेन्ट प्रदेशस्तरीय चित्रकला प्रतियोगिता

IMG

मणिग्राम। न्यु इन्भारन्मेन्ट मावि  मणिग्रामले बुधवार प्रदेश स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरुमा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक विपीन पुनले जानकारी दिनुभयो । न्यू इन्भाइरन्मन्ट ‘आर्ट क्लव’ ले लुम्बिनी प्रदेश भित्र रहेका विद्यालय र तिनमा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गराई कार्यक्रमको आयोजना गरेको हो ।


४० विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुले चित्रकला मार्फत आफुलाई निखार्ने प्रयास गरेको विद्यालयका प्राचार्य मधुप्रकाश ज्ञवालीले बताउनुभयो । प्रतियोगितामा सहभागी ४० प्रतियोगी मध्ये दिप वोर्डिङ् स्कुलका प्रिष्टी पुन प्रथम, पामिर बोर्डिङ् स्कुलका राजन थापा द्धिप्तिय, सिद्धार्थ बोर्डिङ् स्कुलकी छात्रा सफलता पौडेल तृतीय र पिस ल्याण्ड एकेडेमीका राजु बस्याल प्रोत्साहन हुनुभयो ।


विजयी विद्यार्थीहरूले क्रमशः नगद रु १० हजार, ५ हजार, ३ हजार र २ हजारसहित ट्रफी र प्रमाण प्राप्त गर्नुभयो । कार्यक्रममा उत्कृष्ट चित्र बनाउन प्रशिक्षण गर्ने एक जना शिक्षक विकास पुनलाई टिचर आर्ट अफ द इयरको रुपमा सम्मानित गरिएको थियो । न्यू इन्भाइरन्मन्ट ‘आर्ट क्लव’ का अध्यक्ष रौनक खरालको अध्यक्षता तथा प्रशिक्षक विपीन पुनको संयोजकत्व रहेको प्रतियोगिताका प्रमुख अतिथी तथा तिलोत्तमा नगरपालिका शिक्षा प्रमुख गंगाराम आचार्यले विद्यार्थीहरुमा अन्तरनिहित क्षमता प्रस्फुटन गर्ने विद्यालयको देखाएको अग्रसरताको प्रशंंसा गर्नुभयो ।


  विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नेत्रलाल वनको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक हरि प्रसाद न्यौपाने एच.वि रम्तेल, सन्दिपआले लगायतको सहभागिता रहेको थियो । कक्षा ९ की छात्रा प्रान्जु अर्याल र कक्षा ७ कि छात्रा कृष्मा न्यौपानेको सन्चालनमा सम्पन्न प्रतियोगितामा लुम्विनी प्रदेशका गुल्मी, नवलपरासी, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लाबाट आएका प्रतियोगीले ‘पर्यटन’ शिर्षकमा चित्र बनाएका थिए । २०० भन्दा वढी चित्रकला प्रदर्शनको लागी राखिएको प्रतियोगितामा एच.वि रम्तेल र सन्दिप आले निर्णायक रहनुभएको शिक्षिक विमला बस्नेतले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्