
भलवारी। सेन्ट जोसेफको खेलकुद सप्ताह -२०८२ शुभारम्भ भएको छ। प्राचार्य लक्ष्मण अर्यालको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष राजेन्द्र थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। आज भएको शुभारम्भ कार्यक्रममा विशिष्ट अतिथिको रुपमा व्यवस्थापन समिति अध्यक्ष प्रेम जि एम र विद्यालयका संस्थापक एबम् सञ्चालक समितिका सदस्य बिल गुरुङ्ग रहनु भएको थियो।त्यस्तै सो कार्यक्रममा समाजसेवी कृष्ण कुमार पूरी ,सेनसाई काजी राना अतिथीको रुपमा रहनु भएको थियो
विभिन्न विधामा तहगत खेलकुद सञ्चालन हुने र करिब ८ सय मेडलको लागि प्रतिष्प्रधा हुनेछ। कार्यक्रममा बोल्दै अतिरिक्त क्रियकलाप संयोजक विशाल गोतामेले स्वास्थ्यका लागि र राष्ट्रका लागि खेलकुद र अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई अझ सिकाईप्रति उर्जा थप्ने भन्दै एकहप्तासम्म विद्यार्थीले सिकाई अनुभवसगै खेलकुद र अतिरिक्त क्रियाकलापमा मनोरंजन लिने समेत बताउनुभयो ।कार्यक्रमको शुरुवात आकाशमा व्यानर उडाएर प्रमुख अथिति र अन्य अतिथिबाट कार्यक्रमको समुद्घाटन भएको थियो भने कार्यक्रममा विद्यार्थीको नृत्यदेखि सुष्मा गुरुङ्ग ,सुमन दागामी र विजय पेमीले मार्च पास निर्देशन गर्नुभएको थियो। साथै बुद्द तामाङ्गको निर्देशनमा कराँतेका गतिविधि भएका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि राजेन्द्र थापा मगरले कार्यक्रममा खेलकुदको महत्वलाई प्रकाश पार्दै खेलमा सहभागिताको लागि सम्पूर्णलाई हौसला दिंदै विद्यार्थीलाई हार-जित भन्दापनि बिद्यालय र देशकै नाम उच्च राख्न बिद्यार्थी सफल हुने आशा गर्नुभएको छ। देशकै गहनाको रूपमा स्थापित सेन्ट जोसेफले राष्टिय खेलाडी देखि लिएर विभिन्न विधाका जनशक्ति निर्माणको लागि महतत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै खेल सप्ताहको पुर्ण सफलताको शुभकामना दिंदै बिशिष्ट अथिति प्रेम जिएमले बालबालिकाको अन्तर्निहित प्रतिभा प्रष्फुटन हुने यस्ता खाले कार्यक्रमले बिद्यालयको गरिमा बढाउने बताउनुभयो।
उक्त कार्यक्रम कार्यक्रम लम्बिन सक्ने जानकारी दिँदै कार्यक्रमको व्यवस्थापक सिनियर शैक्षिक संयोजक सत्रजित यादव सहित सम्पूर्ण शिक्षक कर्मचारीलाई धन्यवाद सहित प्राचार्य लक्ष्मण अर्यालले कार्यक्रमको समापन गर्नुभएको थियो।कक्षा ६ मा अध्ययनरत विद्यार्थी रियांश अर्यालले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमको सञ्चालन कक्षा ९ मा अध्ययनरत विद्यार्थी दिया गुरुङ्ग र प्रिन्सिका गुरुङ्गले गर्नु भएको थियो।
कमेन्ट गर्नुहोस्