लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलाेत्तमा मेलामा रामजी खांणले नचाए दर्शक, मेलामा दर्शकको अपार माया

IMG

मणिग्राम। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा ८ औं तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि, पर्यटन महोत्सव २०८२ सोमबारदेखि शुरु भएको छ ।महाेत्सवकाे दाेस्राे दिन गायक रामजी खांणले दर्शकलाई भरपुर मनाेरञ्जन दिनुभएकाे छ । त्यस्तै कलाकारशरु दिपक दर्लामी, बिष्णु खनाल, बसन्ता खनााल, बिष्णु मगर तथा साेनी डान्स समुहका कलाकारले भरपुर मनाेरञ्जन दिनुभयाे ।


महोत्सवमा स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन र प्रचारप्रसार गर्न र याे अवसरलाई साना ठूला सबै उद्योगी ब्यवसायीले सदुपयोग गर्नुपर्ने ब्यवसायिकाे भनाइ छ ।मेलाले स्थानीय कलाकारलाई समेत आफ्नो प्रतिभा बढाउने अवसर सुजना गरेको र मेला सफल पार्न तिलोत्तमाका सबै संघ संस्था, राजनीतिक दल तथा सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बुद्धिजीवी बताउँछन् ।महाेत्सव आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले तिलोत्तमाकाे  याे मेला सफल पार्ने सबैको दायित्व भएको बताउनुभयाे ।


महोत्सवको आकर्षणको रुपमा लण्डन टावर ब्रिजको नमूनामा गेट निर्माण गरिएको छ । त्यस्तै जलपरी, कश्मिर भ्याली, आईफिल टावर, वाल उद्दान लगायतका संरचना निर्माण गरिएको छ ।महोत्सवको लागि तीन सय स्टलहरु सहभागी गराइएको छ । महोत्सवमा आधुनिक प्रविधिबाट गरिने कृषि, पर्यटन, गार्मेन्ट, महिलाका उद्यमीका उत्पादन लगायत समाग्री समेटिएका स्टलहरु सहभागी गराइएको छ ।त्यस्तै  बुधबार  कलाकारहरु कुलेन्द्र बिश्वकर्मा, विय्णु सिङ्जाली, विष्णु श्रीपाली, नारायण बिपी परियार तथा साेनी डान्स समुहकाे प्रस्तुति रहने आयाेजकले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्