
दिपनगर । रुपन्देहीको तिलोत्तमा ८ प्रदीपनगरमा रहेको कुवँरवर्ती बोर्डिंग स्कुल रिसन खेल महोत्सवको च्यापियन्स बन्न सफल भएको छ । गतबर्षको च्यापियन रहेको कुवँरवर्तीले प्रतियोगितामा सहभागी भएका कुल ९ वटा निजि विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भयो । तिलोत्तमा ४ डिंगरनगरस्थित जनज्योति क्लवको खेल मैदानमा आयोजित खेल महोत्सवमा ज्ञानगंगा पाठशालाले दोस्रो स्थान हासिल गर्यो । यसैगरि पामिर एकेडेमी र लर्ड बुद्ध ज्ञानज्योति एकेडेमीले तेस्रो स्थान प्राप्त गरे ।
विजयी विद्यार्थी खेलाडीहरुलाई शनिबार प्याब्सन रुपन्देहीका अध्यक्ष तथा प्रमुख अतिथि दीपक खनाल, रिसन रुपन्देहीका संस्थापक अध्यक्ष तथा प्याब्सन लुम्बिनी प्रदेशका निर्वतमान सदस्य डिबी थापा, प्याब्सन तिलोत्तमाका कोषाध्यक्ष गोपाल गौतम, सेन्ट जोसेफ स्कुलका प्राचार्य लक्ष्मण अर्याल लगायतको रोहवरमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम सन्चालक तथा प्याब्सन तिलोत्तमाका सचिव चन्द्र अधिकारीले जानकारी दिनुभयो ।
यसअघि महोत्सवको उद्धघाटन गर्दै प्रमुख अतिथि एवँ प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेले विद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागी रिसन खेल महोत्सव महत्वपुर्ण कडी सावित हुने बताउनुभएको थियो । वहाँले रिसनले आयोजना गर्ने हरेक कार्यक्रममा प्याब्सनको साथ र सर्मथन रहने बताउनुभयो ।कार्यक्रममा बोल्दै रिसनका अध्यक्ष तुलबहादुर सराङ्गकोटी पवनले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप आँकलन गर्न उपयोगी होस भन्ने उद्धेश्य सहित खेलकुद कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो ।रुपन्देही एकिकृत विद्यालय सँगठन नेपाल रिसनको आयोजना रहेको २ दिवसीय प्रतियोगितामा साँस्कृतिक नृत्य, एथलेटिक्स, भलिवल र ब्याडमिन्टन लगायतका विभिन्न खेल विधाहरुमा रिसनमा आवद्ध कुल ९ वटा विद्यालयले प्रतिस्प्रर्धा गरेका थिए ।
कमेन्ट गर्नुहोस्