
भलवारी । भलवारी ब्याडमिन्टन क्लवको आयोजनामा १ दिवसीय तेस्रो वडाअध्यक्ष कप ब्याडमिन्टन सम्पन्न भएको छ । वडा अध्यक्ष देवी पंगेनीले एक कार्यक्रमका बीच तिलोत्तमा ७ दुर्गा मन्दिर प्रागँणमा आयोजना गरिएको प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो ।सो अवसरमा बोल्दै अध्यक्ष पंगेनीले खेलकुदले एकता, भाइचारा र ब्यक्तित्व विकाशमा टेवा पुर्याउने बताउनुभयो ।
प्रतियोगितामा विशेष अतिथिका रुपमा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य, वन, विपद तथा वातावरण शाखा संयोजक सुरेन्द्र श्री,वडा सदस्य शोभाकान्त ढकाल, गणेश भण्डारी,टोल विकास सञ्जालका अध्यक्ष ताराबहादुर गुरुङ,मायादेवी टोल विकास संस्थाका अध्यक्ष टेकनारायण ढकाल,वर्गदवा टोल विकास संस्थाका अध्यक्ष नारायण पंगेनी, बालमैत्री सहजकर्ता विकास सुनार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहयोगीको रुपमा व्यवस्थापन सहयोग भलवारी ब्याडमिन्टन क्लबका अध्यक्ष के.एन. सागर ज्ञवालीले प्रदान गर्नुभएको थियो।प्रतियोगितामा २८ टोलीको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताको मैत्रीपूर्ण खेलमा सहभागी, सहयोगी तथा उपस्थित सबैजना प्रति तथा विजेता उपविजेता खेलाडीहरूलाई अध्यक्ष तथा अतिथिहरुबाट हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरिएकॊ थियो।
कार्यक्रमको सञ्चालन क्लब सचिव दिपेन्द्र रानाले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्