लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

न्यु लाइटमा मोबाइल लत हटाउन नाटक मञ्चन

IMG

शंकरनगर। न्यु लाइट माविमा बिहिबार मोबाइलको लतबारे सचेतना कार्यक्रम सम्पन्न भयो । मोबाइलको बढ्दो लत विरुद्ध सचेतना फैलाउने उद्देश्यले नाटक मञ्चन गरिएको थियो ।मोबाइलको बढ्दो लतले पार्ने असरबारे विद्यार्थीहरुकै सहभागितामा कार्यक्रम आयोजना गर्दा प्रभावकारी हुने सोच अनुसार कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल रमेश ज्ञवालीले बताए।


नाटकमा कक्षा ५ का विद्यार्थीहरु आरुसी टण्डन, समर ज्ञवाली, करिना क्षेत्री, कल्याण पछाई, एकराज पाण्डे, सुबिसन थापा र प्रशंसा भण्डारीले अभिनय गरेका थिए । नाटकको लेखन तथा निर्देशन शिक्षिका रुचि गुरुङले गरेकी थिइन् । कार्यक्रममा नाटक मञ्चन पश्चात कक्षा ९ का विद्यार्थीहरुको पहलमा ‘सुचना प्रविधिको महत्त्व’बारे वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको थियो ।


कमेन्ट गर्नुहोस्