
ड्राइभरटोल। निजि तथा आवासिय बिद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) तिलोत्तमाको ७ औं बार्षिक साधारण सभा तथा लोकनृत्य प्रतियोगिता बिहिबार सम्पन्न भएको छ। प्याब्सन तिलोत्तमाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा नयाँमिलमा आयोजित साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन, सचिव चन्द्र अधिकारीको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष गोपाल गौतमद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन सर्वसम्मतिले पारित भएको छ । साधारण सभामा बोल्ने वक्ताहरुले प्याब्सनलाई विधि र बिधान सम्मत चलाउनु आजको मुख्य आवश्यकता रहेको औंल्याउदै शिक्षा क्षेत्रमा देखिएका गतिरोध तथा निजि विद्यालयहरुले भोग्नुपरेका समस्याका विषयमा सुझाव सहितको मन्तब्य ब्यक्त गरेका थिए ।
प्याब्सन तिलोत्तमा अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरि पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि प्याब्सन केन्द्रिय सचिवालय सदस्य खेमेन्द्र राना, प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सल्लाहकार मधुप्रकाश ज्ञवाली, उपाध्यक्ष तुलबहादुर सांरङकोटी (पवन), ब्रिटिस ग्रामर स्कुलका संस्थापक प्राचार्य राजेन्द्र कुवँर लगायतको सहभागिता रहेको थियो ।
यसैबीच प्याब्सन तिलोत्तमाद्धारा आयोजित तिलोत्तमा नगरस्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी कुवँरवर्ती बोर्डिंग स्कुलले जितेको छ । प्रतियोगितामा प्यारामाउण्ट मावि द्धिप्तिय, ज्ञानगंगा पाठशाला तृतीय र पामिर एकेडेमीले सान्त्वना स्थान हासिल गरे । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश अध्यक्ष लालहरि पाण्डेले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागी प्याब्सन तिलोत्तमाले आयोजना गरेको नगरस्तरीय लोकनृत्य प्रतियोगिता फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । नगर क्षेत्रभित्रका १४ वटा निजि विद्यालय सहभागी रहेको प्रतियोगितामा प्याब्सन तिलोत्तमा उपाध्यक्ष तुलबहादुर सांरङकोटी (पवन) को स्वागत र सचिव चन्द्र अधिकारीको सन्चालन रहेको थियो ।
कमेन्ट गर्नुहोस्