
शंकरपुर् । तिलोत्तमा-९को आयोजनामा तिलोत्तमा नगरमा वडा न-९ मा नगरआमा समूह स्तरीय ७ ए–साइड लुङगी फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।लैङ्गिक समानता, नारी सशक्तीकरण र आत्मनिर्भरता वृद्धिका लागि तिलोत्तमा नगरपालिकाको आयोजनामा नगरआमा समूह स्तरीय ए–साइड फुटबल प्रतियोगिता २०८२ आजबाट सुरु भएको हो। प्रतियोगीताको तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपानेले उद्घाटन गर्नुभएको हो ।
उद्घाटनको दिन पहिलो चरणका ६ वटा खेल भएको प्रतियोगिता तिलोत्तमा नगरभित्रका विभिन्न नगरआमा समूहहरूको सहभागितामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। खेलकुदमार्फत महिलाको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र सामाजिक सहभागिता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।पुस २७ गते सम्म सन्चालन हुने प्रतियो्गीताको सन्चालन वडा नम्बर -९ का वडा सदस्य गोविन्द गुरुङ लवसनले सन्चालन गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्