
बुटवल। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक ईन्द्र रानालाई विदाई गरिएको छ । बुटवलबाट अपराध महाशाखा काठमाण्डौमा सरुवा हुनु भएका रानालाई बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बिहिबार विदाई गरेको हो ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले इलाका प्रहरीको नेतृत्वमा रही यस क्षेत्रको शान्ति सुरक्षामा डिएसपी रानाले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताउनु भयो । प्रनाउ रानाले इलाका प्रहरी कार्यालय बुटवलको कमाण्ड समालेयता यस क्षेत्रमा त्यसप्रकारका अप्रिय घटना नघटेको र स्थानीय संघसंस्थाहरुसंगको समन्वय समेत प्रभावकारी रहेको बताउनु भयो । उहाँले आगामी दिनमा अन्य क्षेत्रमा रहँदा पनि बुटवलको साख कायम राख्न आग्रह गर्नुभयो ।
त्यसैगरी प्रनाउ रानाले यस क्षेत्रका व्यवसायिक संघसंस्था, जनप्रतिनीधिहरु र यस क्षेत्रका आम समुदायले गरेको सहयोगका कारण कुनै प्रकारको अप्रिय घटना हुन नपाएको भनाई राख्नुभयो । उहाँले आफू एक्लैले भन्दा पनि सबैको साथ र सहयोगले बुटवललाई शान्ति सुरक्षा कायम गर्न मद्धत मिलेको भनाई राख्नुभयो ।संघमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्ति अधिकारी, कोषाध्यक्ष बसन्त ढकाल, सचिव प्रतिक पोखरेल लगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्