
मणिग्राम। विश्राम बाटिका होटलले आफ्नो सामाजिक तथा संस्थागत जिम्मेवारी निर्वाह गर्दै दुर्घटनामा परेका कर्मचारीहरूलाई बीमा रकम भुक्तानी गरेको छ।होटलका कर्मचारी सुमित विश्वकर्मा र रोज मगर ड्युटी सम्पन्न गरी घर फर्किने क्रममा बाटोमा दुर्घटनामा परेका थिए। उक्त दुर्घटनापछि होटल व्यवस्थापनले तत्काल पहल गर्दै सम्बन्धित बीमा प्रक्रिया पूरा गरी कर्मचारीहरूलाई बीमा रकम भुक्तानी गरेको हो।
होटलका प्रबन्धक सुरज खडकाले भने- “कर्मचारी नै हाम्रो संस्थाको शक्ति हुन्” भन्ने मान्यतालाई आत्मसात गर्दै, कठिन समयमा पनि कर्मचारीको साथमा उभिनु आफ्नो कर्तव्य भएकोले यस संस्थाको कुनै पनि कर्मचारीको हितमा हामि उभिने छौ। होटलको यस कदमले विश्राम नाफामुखी संस्था केवल व्यवसायिक हिसाबले अगाडी बढ्ने मात्रै नभई, मानवीय संवेदना र उत्तरदायित्व बोकेको परिवारजस्तै भएको सन्देश दिएको छ। होटलको तर्फबाट घाइते हुनुभएका सुमित विश्वकर्मा र रोज मगरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै, भविष्यमा पनि कर्मचारीको सुरक्षा र हितलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका थिए।
मणिग्राम चोकमा अबस्थित सो होटल यस क्षेत्रको प्रतिष्ठित होटलको रुपमा परिचित छ। सुबिधा सम्पन्न आफ्नै बातानुकुलित भवन, रुफ़टफ़ रुम, अर्गानिक र स्वादिष्ठ खाना, खाजा, आरामदायी बसोबास र स्विमिङ्ग पुलसहित बतानुकुलित सानो देखि ठुलो हलसम्म भएको बृहत सुबिधा भएको होटलको रुपमा चिनिएको छ। दैनिक सयौको संख्यामा पाहुनाहरुलाई स्वागत गर्ने होटलले रक्तदान, सरसफाई, समजपयोगी कार्यहरु, कर्मचारी बिमा सुबिधा, विपदको बेलामा सहयोग, होटल म्यानेजमेन्टका विद्यार्थीका लागि इण्टर्न्शिप लगायतका कार्यहरु गर्दै आएको छ। सयौको संख्यामा रोजगार प्रदान गर्दै आएको होटलले यस क्षेत्रमा मणिग्रामको सहा समेत बढाएको छ।
कमेन्ट गर्नुहोस्