लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वित्तीय क्षेत्र कमजोर अवस्थामा छैन : अर्थमन्त्री खनाल

IMG

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले हाल बैंकिङ तथा वित्तीय क्षेत्रमा केही समस्या देखिए पनि समग्र वित्तीय क्षेत्र कमजोर अवस्थामा नरहेको स्पष्ट पारेका छन् ।राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले समय–समयमा विभिन्न कारणले बैंकिङ क्षेत्रमा समस्या देखिनु स्वाभाविक भएको उल्लेख गरे ।


उनले भने, ‘अहिले बैंकिङ क्षेत्रमा र वित्तीय क्षेत्रमा केही समस्या रहेको छ भन्ने कुरा गरिरहँदा वित्तीय क्षेत्र त्यति कमजोर चाँही छैन । कमजोर नहुँदा नहुँदै पनि बेलाबेलामा विभिन्न कारणले समस्या आउनु स्वभाविक हो । त्यस कारण अहिले केही बैंकहरुको सम्पत्तिको गुणस्तर कर्जाको गुणस्तरको सम्बन्धमा परीक्षण गर्ने काम करिब करिब सम्पन्न हुने क्रममा छ ।’उनले अहिले केही बैंकहरूको सम्पत्ति तथा कर्जाको गुणस्तर सम्बन्धी परीक्षणको काम करिब सम्पन्न हुने क्रममा रहेको जानकारी दिए ।


अर्थमन्त्री खनालले राष्ट्रिय वाणिज्य बैंकको अवस्थाबारे चर्चा गर्दै बैंकको स्थिति त्यति खराब नरहेको बताए । बैंकको खराब कर्जाको स्तर अघिल्लो वर्षको तुलनामा पछिल्लो आर्थिक वर्षमा केही घटेको र यो अवस्था अत्यन्तै चिन्ताजनक नभएको उनले बताए ।उनले भने, ‘हामीले सुने अनुसार राष्ट्रिय वाणिज्य बैंकको अवस्था त्यति खराब पनि छैन । वाणिज्य बैंकको खराब कर्जाको स्तर चाँही विगतको तुलनामा केही खस्किएको छ । त्यो ज्याँदै चिन्ताजनक अवस्थामा होइन । सुधार गर्न सकिने अवस्थामा छ । बैंकसँग भएको पूँजीको प्रर्याप्त उपयोग गर्न सकिएको छैन, लगानीका नयाँ अवसरहरु खोज्न सकिएको छैन ।’

कमेन्ट गर्नुहोस्