लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही-१ मा एमालेको बिस्तारित भेला : जुरुक्कै उठे जनता,जित सुनिश्चित भएको दाबी

IMG

चारनम्बर।नेपाल कम्युनिस्ट पार्टी (एमाले) रुपन्देही क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लक्षित चुनावी कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा बोल्दै सो क्षेत्रका एमालेका उम्मेदवार दधिराम न्यौपानेले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ।


उहाँले हाल सामाजिक सञ्जालमार्फत पार्टी र नेतामाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको उल्लेख गर्दै यो निर्वाचन देश जलाउने र देश बनाउने शक्तिबीचको चुनाव भएको बताउनुभयो। उहाँले देशको समृद्धि, स्थायित्व र विकासका लागि एमाले अपरिहार्य शक्ति भएको जिकिर गर्नुभयो।त्यसैगरी एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले रुपन्देही १ मा आफूले धेरै विकासका कामहरू गरेको दाबी गर्नुभयो। उहाँले एमाले नेतृत्वमा भएका विकास निर्माणका कामले जनतामा पार्टीप्रति विश्वास बढ्दै गएको बताउनुभयो।


कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले आगामी निर्वाचनमा एमाले देशकै पहिलो पार्टी बन्ने दाबी गर्नुभयो। उहाँले जनताको पक्षमा काम गर्ने पार्टी भएकाले जनसमर्थन एमालेतर्फ बढ्दै गएको बताउनुभयो।कार्यक्रममा एमाले तिलोत्तमा नगर कमिटीकी सचिव राधा शाहिले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एमाले रुपन्देही क्षेत्र नम्बर १ का सचिव सुरेन्द्र श्रीले गर्नुभएको थियो।भब्य रुपमा सम्पन्न सो क्षेत्रीय भेलाले विभिन्न जिम्मेवारी सहितको निर्बाचन परिचालन कमिटी घोषणा गर्दै नेकपा एमालेको बिजय सुनिश्चित गर्न ३३ वटै वार्डमा जनपरिचालन गर्ने निर्णय गरेको छ ।


नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै जनताको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित निर्वाचनमा होमिएको नेताहरूले बताएका छन्। हजारौको संख्यामा जम्मा भएका एमालेका कार्यकर्ताहरुले दिनभर बिस्तारित बैठकमा पार्टीको एजेन्डा, चुनावी रणनिती सगै जिम्मेबारी समेत सम्हालेका छन्। पार्टीले उपसमिति गठन गर्दै आफ्ना कार्यकर्तालाई चुनावी मैदानमा होमिन आगरा समेत गरेको छ।सो सभामा विभिन्न पार्टीबाट आएका युवानेताहरुलाई पार्टी प्रवेश समेत गरिएको थियो।


कमेन्ट गर्नुहोस्