
तिलोत्तमा, देवीनगर। स्थानीय खेलाडी, स्थानीय फुटबललाई प्राथमिकतामा राख्दै हरेक वर्ष आयोजना हुँदै आएको सन्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको आठौ संस्करण शुरु हुने भएको छ।प्रतियोगिताको बारेमा जानकारी गराउंदै क्लबका अध्यक्ष अर्जुन क्षेत्री हापुले १२ टिमको सहभागितामा माघ १६ गतेदेखि प्रतियोगिता शुरु हुने बताएका छन्। आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी गराउदै उहाँले प्रतियोगिता सन्जिवनी युवा क्लब,को आफ्नै खेलमैदान तिलोत्तमा–१४, देवीनगरमा हुने जानकारी दिनुभएको छ।कार्यक्रममा बोल्दै अध्यक्ष अर्जुन क्षेत्री हापुले स्थानिय स्तरमा गरिएको यो प्रतियोगिताले देशकै लागि राम्रो खेलाडी उत्पादन गर्न सक्ने र खेल जगतमा राम्रो पहिचान बनाउन सकिने हुँदा प्रतियोगिता आयोजना गरिएको बताए।
संजिवनीमा यसपटक स्थानीय फुटबलमा निरन्तर आफ्नो सहभागिता जनाउँदै आइरहेकी फुटबलप्रेमी तथा समाजसेवी खिमा कुमारी पराजुली र छोरा कृष्ण पराजुलीले उनको परिवारद्वारा स्व. पिता बोध प्रसाद पराजुलीको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरिएको छ। मुख्य प्रायोजनसँगै प्रतियोगिताको नाम स्व. बोध प्रसाद पराजुली स्मृति आठौँ सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष अर्जुन क्षेत्री हापुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको सह प्रायोजकमा समाजसेवी तथा स्थानिय व्यक्तित्व पुर्व वडासदस्य पार्वती दर्जीले सहयोग गर्नुभएकोले प्रतियोगिता अबधिभर स्थानियबासी, देश विदेशबाट सबैको साथ र सहयोगको अपेक्षा राखेको अध्यक्ष हापुले बताए ।
मुख्य प्रायोजक बनेकी खिमा कुमारी पराजुलीले दिवंगत श्रीमानको स्मृतिमा आफूले खेलकुद र सामाजिक कार्यमा सहयोग गर्दै आएको स्मरण गर्दै फुुटबलप्रति आफ्नो विशेष रुची भएकै कारण गाउँघरकै फुटबललाई आफूले सकेको साथ दिएको बताईन् । कार्यक्रममा सह प्रायोजक समेत रहेकी हरिकला दर्जी, अघिल्लो बर्षका प्रायोजक समाजसेवी राम बहादुर थापा, मिलन आमा समुहका अध्यक्ष चन्द्रकला छन्तेल, नवदुर्गा आमा समुहका सरिता छन्तेल,लिस्नु क्लबका कुशल भण्डारीले सन्जिवनी कपले जिल्लाको फुटबलमा फरक पहिचान बनाएर अगाडी बढिरहेको चर्चा गर्दै प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न शुभकामना दिए ।
यसपटक प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल हात पार्ने आर्थिक संयोजक इन्द्र कुमार थापाले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको थापाले जानकारी दिए । जिल्ला भित्रकै स्थानीय क्लबहरुलाई बढी भन्दा बढी सहभागिता गराउने उद्देश्यका साथ यसपटक प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता रहेको खेल संयोजक खिम बहादुर थापाले बताए ।प्रतियोगितामा गत बर्ष फर्साटिकर युवा क्लब बिजेता र न्यु सृजना युवा क्लब करौजिया उपविजेता बनेको थियो ।
कमेन्ट गर्नुहोस्