लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा

IMG

तिलोत्तमा। राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको सिद्धबाबा सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ। लामो समयदेखि जोखिमपूर्ण मानिँदै आएको सिद्धार्थ राजमार्गको यस खण्डमा सुरुङमार्ग निर्माण भएपछि यात्रुहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।


सुरुङमार्ग निर्माणका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकबाट बजेट विनियोजन भएपछि २०७८ साल जेठ ९ गते सडक विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। त्यसपछि २०७८ साल फागुनमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भए पनि वास्तविक रूपमा सुरुङ खन्ने काम २०७९ सालको अन्त्यतिर मात्र सुरु भएको हो।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको यो सुरुङमार्ग निर्माण सम्पन्न भएपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुने विश्वास लिइएको छ।

यसअघि स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडिसी) ले २०७५ सालमै क्षेत्रको अध्ययन गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको थियो। अध्ययनका क्रममा सिद्धार्थ राजमार्ग अन्तर्गत बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्म करिब २ हजार ७ सय मिटर क्षेत्र अत्यन्त जोखिमयुक्त रहेको निष्कर्ष निकाल्दै सरकारलाई जानकारी गराइएको थियो। सोही प्रतिवेदनको सिफारिसका आधारमा सुरुङमार्ग निर्माणको निर्णय गरिएको हो।सुरुङमार्ग निर्माणका लागि २०७६ साल मंसिर २ गते १० अर्ब १५ करोड रुपैयाँ बराबरको स्रोत सुनिश्चित गरिएको ।


कमेन्ट गर्नुहोस्